Daily Archives: 25/05/2016

सके रक्तदान नसके अभियान


ईन्द्र भुसाल, कुवेत

00002जतीबेला तमुसमाज कुवेतले चौथो रक्तदान कार्यक्रमको ’boutमा कुवेतमा कृयाशिल नेपाली पत्रकारहरु,बिभिन्न नेपाली संघँ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा रक्तदान कार्यक्रम’bout पत्रकार सम्मेलन गरेको थियो तेही समयको वरिपरी नेपालको रुकुम जिल्लामा सुत्केरी महिलालाई रगतको अभाब भएको र रगत उपलब्ध नभ्एकोले चिकित्सक आफैले उक्त महिलालाई रगत दिएर जीवनदान गरेको समाचार समाचार बनेको थियो ।

माथिको यो एक उदाहरण मात्र हो बुझ्नको लागि तर दैनिकजसो हजारौ सल्यकृया गरिन्छ जस्कोलागी रगत अंमुल्य मात्र होईन जस्को अभाबमा धेरै ठाउँमा सल्यकृया रोकिएका हुन्छन । सबै चिकित्सक रक्तदान गर्न सक्ने हुँदैनन जसरी सबै मानिसहरु रक्तदान गर्न योग्य रहदैनन तर रक्तदान गर्न सक्नेले रक्तदान गरी कसैको जीवन बचाउनु ठुलो धर्म हो भने रक्तदान गर्न असमर्थले यो मानबिय सहयोग अभियानमा हातेमालो गर्दै आफुले दान गर्न नसकेपनी दान गर्न सक्नेलाई रक्तदान गर्न प्रेरित गर्नु पनी सानु सहयोग होईन । पढ्नेक्रम जारी राख्नुहोस्