कुबेत नेपालडटकम
नेपाल ट्रेड यूनियन महासंघGEFONT को साखा जिफन्ट सपोर्ट ग्रुप कुबैतको गठन भएको छ। अर्जुन बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्य कार्य समिति रहेको सो समिति नेपाल ट्रेड यूनियन महासंघGEFONT का केन्द्रिय आर्थिक सचिव गुणाराज आचर्यको उपस्थिति र प्रतिनिधित्वमा २१ मइ २०१६ का दिन कुबैतको मैदान हवाल्ली स्थत अप्रवासी श्रमिकहरु हेर्ने निकाएको सभाकक्षमा भएको हो।
यस ग्रुपले कुबैतमा स्थापना हुन पुर्वनै कुबेत ट्रेड युनियन फेडरेसन र नेपाल ट्रेड यूनियन महासंघGEFONT बिच सपोर्ट ग्रुपको भुमिका निभाउदै one day workshop for Nepalese migrants workers in Kuwait कार्य सम्पादन गरि सकेको छ।जहा श्रमिक त्यहा जिफन्ट भन्ने केन्द्रिय मुल बिधानमा टेकेर यो सपोर्ट ग्रुपले कुबैतमा कार्यरत नेपाली श्रमिकहरुका हक अधिकार तथा समस्याहरुलाइ निराकरण गर्ने क्रममा दुतावास, कुबैतमा अप्रवासी हेर्ने श्रमिक निकाय र जिफन्ट केन्द्रिय कार्यालय हुदै नेपाल सरकारको श्रम मन्त्रालय घच्घच्याउने छ। साथै कुबैतमा रहेका सबै संघ संस्थाहरु सग सहकार्य गर्दै नेपाली श्रमिकहरुका राय सल्लाह,समस्या र सुझावहरु संकलन गरी बेला बखत दुतावाससग प्रमार्श समेत गर्ने छ।
यस ग्रुपले संस्थालाइ चुस्त र सेवामुलक बनाउदै श्रमिकहरुका हकहितमा कार्य सम्पादन गरिरहेका ब्यक्तिहरुको पहिचान गरि संगठित सदस्यता बिस्तार समेत गर्ने छ।बढि भन्दा बढि श्रमिकहरुलाइ समावेस गराउन सक्ने फराकीलो दायरा भएको यस जिफन्ट सपोर्ट ग्रुपमा तत्काल गठित ११ सदस्यीय कार्य समितीमा
कार्यकारिणी समिति:
अध्यक्ष- अर्जुन बहादुर बस्नेत
उपाध्यक्ष-ठाकुर प्रसाद पाण्डे
महासचिव – गणेश रावत
सचिव- उदास श्रेष्ठ
सदस्यहरु
मान बिर लामा
सुष्मिता लिम्वु
छविलाला सार्की
प्रेम बहादुर कट्वाल
सागर खड्का र केदारनाथ खरेल ।