बिदेशी भूमि कुवेतमा राजनिति र सामाजिक कार्यमा सक्रिय राजेन्द्र बिरही।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13293247_1091683234239421_2086034920_nमानिस सामाजिक साथै चेतनशील प्राणी हुनाले कहिले पनि समाज बेगर रहन सक्दैन।मानिस जुन समाजमा जन्मिएको र हुर्किएको छ उसले त्यहि समाजबाट संस्कार, रीति रीवाज,धर्म संस्कृतिलाई आत्मसात गर्दै अगाडी बढि रहेको हुन्छ।समाजले जस्तो संस्कार सिकायो ब्यक्तिले त्यहि संस्कारलाई अनुशरण गर्दछ।आज यसै कुराको सेरोफेरोमा गण्डकी अंचलको आगनीमा जन्मिएर हुर्किएका लोक गायक एंव नेपाली राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान बनाउन सफल भएका ब्यक्तित्वका ’boutमा केहि चर्चा परिचर्चा गर्न गई रहेको छु।

गण्डकी अंचल भन्ने बित्तिकै तपाई हामी सहजै अनुमान लगाउन सक्छौ कला संस्कृति र प्राकृतिक सन्दौर्यले भरीपूर्ण भएको अंचल हो भनेर यतिमा मात्र सिमित छैन गण्डकी अंचल गण्डकी अंचलले आदीकबि भानुभक्त आचार्य ,कबि शिरोमणी लेखनाथ पौडेल जस्ता ब्यक्तित्वलाई जन्म दिएको भूमि हो।यसै पवित्र पूण्डय भूमिमा आज भन्दा ३८ बर्ष पहिला तनहुँ जिल्लाको चुदीमा राजेन्द्र बिरहीले जन्म लिनु भएको थियो।

बाल्य अबस्था देखि नै लोक संगीत प्रति रूची राख्ने बिरही स्कुल पढ्दा आदिकबि भानु भक्तको रामायणका स्लोकहरू भाका मिलाई मिलाई गाउथे।बिद्यालय स्तरीय प्रतियोगीतामा पुरस्कार पनि जिति रहन्थे।भनिन्छ नी मानिसलाई गरी खानु भनेर भगवानले एक एकवटा वरदान दिएका हुन्छन रे बिरहीलाई चाहि सरस्वतीले वरदान स्वरूप मन मष्तिष्कमा बास गरीन।जीवनका पाईलाहरू अगाडी बढाउने क्रममा हरेक समस्याहरूसंग जुद्धै जुद्धै बिद्यार्थी जीवन कालमा नै नेपालको राजनितिमा होमिए।नेपाली कांग्रेस पार्टी प्रति झुकाव रहेको बिरहीको परिवार त्यसै परिवारको संगतले बाल्य अबस्था देखि नै बिरहीलाई कांग्रेसी बनायो।

२०४६ सालको आन्दोलनमा उमेरमा सानै भए पनि आन्दोलनकारीको भूमिका निभाउन सफल भए।आज पनि कुराकानीको क्रममा हामीसंग त्यहि आन्दोलनको कुरा गर्नु हुन्छ।कांग्रेसको चार तारे झण्डा र चुनाव चिन्ह रूखलाई खुवै माया गर्ने बिरही आफ्नो जीवनलाई सक्षम र सवल बनाउनका लागि २०५२ सालमा गरीमामय ईतिहास बोकेको संगठन नेपाल प्रहरीमा भर्ना हुन पुगे।राष्ट्र सेवा गर्छु भन्ने चाहना हुँदा हुँदै माओबादी यूद्धले गर्दा नेपाल प्रहरीको जागिर छाडी नेपाल बस्ने माहौल नहुँदा रोजगारीको लागि ईस्वी संबत २००३मा बिदेशी भूमि कुवेत हानिए।बाध्यताले भनौ या बिबशताले भनौ आजको दिन सम्म पनि बिरही कुवेतमा नै कार्यरत हुनु हुन्छ।

जन्म भूमि छाडी बिदेशी भूमिमा रहे पनि जन्म भूमिको रीति रीवाज ,संस्कृतिलाई बचाउनका लागि ईस्वी संबत २००३ देखि बर्तमान सम्म तल्लिन हुनु हुन्छ।नेपाली कला संस्कृतिलाई बचाउनका लागि कुवेतमा लाली गुँरास सस्कृतिक परिवारको अध्यक्ष समेत रहेका बिरही हरेक स्टेज प्रोग्रामको एक तारा पनि बने कुनै बेला। उनीसंग प्रत्येक्ष कुराकानी गर्दा भन्छ्न् राजेश पायल राई, सङ्गीतकार बि बि अनुरागी, अर्जुन कौशल,कोमल ओली,सुनिता दुलाल,नायिका नन्दिता केसी र दिपेश किश्वर भट्टराईसंग स्टेजमा आफ्नो गीत सुनाई सकेका बिरही कुवेतमा सबै माझ लोक प्रिय छन।बिरहीले कुवेतमा एकल स्टेज प्रोग्राम गरेर पनि कुवेतमा रहेका नेपालीहरूको मन जित्न सफल भए।

सामाजिक कार्यमा पनि सक्रिय बिरही कुवेत स्थित गैर आवाशीय नेपाली संघ कुवेतको सदस्य हुनु हुन्छ।बिरही कांग्रेस पार्टीको कृयाशील सदस्य भएको हुनाले कुवेतमा रहेका कांग्रेसमा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकै ठाउँमा केन्द्रित गरेर कांग्रेस पार्टी प्रति आस्था भएका नेपालीहरूको पार्टी प्रतिको आस्थालाई सजीवता तुल्याउनका लागि नेपाली कांग्रेस पार्टीको भातृसंगठन नेपाली जनसम्पर्क समिति कुवेत गठन गर्ने मध्यका एक अभियन्ता हुन।हाल नेपाली जनसम्पर्क समिति कुवेतको उपसभापति जस्तो गरीमामय पदमा सक्रिय हुनु हुन्छ।

नेपाली जनसम्पर्क समिति कुवेत स्थापना गरेर प्रथम अधिवेशनलाई भब्यताकासाथ सम्पन्न गराउनका लागि युगान्तकारी भुमिका निवारण गरेका बिरही अब आउँदै गरेको दोस्रो अधिवेशनलाई पनि त्यतिकै सफल र सवल बनाउन पर्छ भन्ने सोचमा हुनु हुन्छ।माहामानव बीपी कोईरालाको समाजबादको नितिलाई अनुशरण गर्ने बिरही हाल देशमा कांग्रेसको बर्तमान स्थिति देखि चाहि केहि निराश हुनु हुन्छ।पार्टीले बिपीको नितिलाई भुलेको हो की झै भएको छ भन्नु हुन्छ।पार्टीले प्रवासमा रहेको नेपालीहरूलाई पनि समान दृष्टिकोणले हेर्नु पर्छ भन्ने सोच राख्नु हुन्छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.