पेरिसबाट उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन


बीबीसी, कायराे (इजिप्ट)
बिमानमा ५९ यात्रु र चालक दलका १० सदस्य छन्
19052016104452Airbus-1000x0जेष्ठ ६, २०७३- फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन भएको छ । फ्लाइट एमएस८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् ।
कायरोको स्थानीय समय अनुसार बिहान २:४५ बजे बिमानको राडारसंग सम्पर्क टुटेको हो । बिमान ७३ हजरा फिट माथि उडिरहेको बेला एक्कासी राडारसंग सम्पर्कबिहीन भएको एयरलाइन्सले जनाएको छ ।
बिमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कबिहीन भएको हो । एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि बिमान सम्पर्कबिहीन भएको हो ।
बिमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ । विश्वभरका बिमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त बिमान एयरबस ए३२० हो । मार्चमा पनि इजिप्ट एयरको बिमान अपहरण गरी साइप्रस पुर्‍याइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.