मधेसी मोर्चालाई काठमाडौं केन्द्रित आन्दोलन धान्न गाह्रो


फेरि मधेस केन्द्रित आन्दोलनमै फर्कने तयारी
federal-allience_protest-16५ जेठ, काठमाडौं । जनजाति पार्टीहरुसँग सहकार्य गरेर सिंहदरबार घेर्न आएको मधेसी मोर्चालाई आफ्नै आन्दोलन धान्न गाह्रो भएको छ । दुई दिन सिंहदरबार घेरेको मधेसी मोर्चाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दियो । तर, सरकारलाई झुकाउने भन्दै सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलन तीन दिनमै लगभग सकिएको छ ।

बुधबार दिउँसो रत्नपार्कमा हुने कोणसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा हुनेछन् । मधेसी मोर्चामा आवद्ध दलका नेताहरुका अनुसार अबको आन्दोलन जिल्लाहरुमा नै केन्द्रित हुनेछ ।अब मधेसी मोर्चा मधेसमै र्फकनेछ । जनजाति लगायतका दलहरुले आ-आफ्नो प्रभाव क्षेत्रमा आन्दोलन गर्नेछन् । आन्दोलनका कार्यक्रम परिर्वतन गर्नुको कारण बुझ्दा मोर्चामा एक नेता भन्छन्, धान्न गाह्रो भो ।’

संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् । उनीहरु मध्ये कसैको पनि काठमाडौंमा बलियो जनाधार छैन । सिंहदरबार घेर्न भनेर मधेसी मोर्चाले मधेसबाट केही कार्यकर्ता ल्याएका छन् भने केही राजधानीमा भएका समर्थकहरु खटिएका थिए । आन्दोलनमा जनजाति दलका केही नेता र समर्थकहरु पनि देखिएका छन् । तर, आन्दोलन जति दिन लम्बियो, त्यति कार्यकर्ता घट्दै जाने अवस्था आयो । एक नेताले भने, राजधानीमा हाम्रा मान्छे छैनन्, बाहिरबाट ल्याएका मान्छेलाई कति दिन पाल्न सकिन्छ र ?’

सिंहदरवार घेराउ र बालुवाटार घेराउमा झण्डै ५ हजार नेता कार्यकर्ता सहभागी भएको गठवन्धनको दाबी छ । मधेसी मोर्चाका नेताहरु यो पटकको आन्दोलन संख्यात्मक भन्दा गुणात्मक रुपमा महत्वपूर्ण रहेको बताएका छन् । विगतमा मधेसीहरुले मात्र आन्दोलन गर्ने गरेको र त्यसलाई भारतको योजनामा भएको भन्ने गरेको भए पनि यो पटक मधेसीसँगै जानजातिहरु पनि हातेमालो गर्दै सडकमा नारा लगाउन आउन उपलब्धि भएको मोर्चाका नेताहरु बताउँछन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.