एक सहर एक पहिचान !


दीपेन्द्र विष्ट, काठमाडौं
18052016071315city-1000x0जेष्ठ ५, २०७३- सरकारले १७ नगरलाई ‘एक सहर एक पहिचान’ का रूपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशका मुख्य–मुख्य सहर पहिचान गरी ‘आत्मनिर्भर, चलायमान, सुविधासम्पन्न र समृद्ध सहर सबैको रहर’ नाराका साथ विकास गरिने भएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार इलामलाई हरित, दमक र बर्दिबासलाई व्यापारिक, उदयपुरको त्रियुगा र कैलालीको धनगढीलाई औद्योगिक सहरका रूपमा विकास गरिनेछ । जनकपुर, लुम्बिनी, रोल्पाको लिवाङ र पाल्पालाई धार्मिक तथा सांस्कृतिक पहिचानको सहर बनाइनेछ ।गोरखा, नारायणपुर नगरपालिका, रुकुमको रुकुमकोट र डडेलधुराको अमरगढीलाई ऐतिहासिक सहरको पहिचान दिँदै आगामी बजेटमा पार्न मन्त्रालयको सिफारिस छ ।

सिरहालाई कृषि र मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय सहरका रूपमा विकास गरिने छ । जुम्लाको चन्दननाथ नगरपालिकालाई हिमाली जडीबुटी र चितवनको भरतपुरलाई मेडिकल सहरका रूपमा विकास गर्न मन्त्रालयले सिफारिस गरेको छ । बढ्दो जनसंख्या र बसाइँ सराइ व्यवस्थित गर्न यी सहरलाई आधुनिक, सुविधासम्पन्न र प्रविधियुक्त बनाइने भवन निर्माण तथा सहरी विकास विभागका महानिर्देशक रमेश सिंहले जनाए ।

हुम्ला र जुम्लामा स्याउका साथै कर्णाली क्षेत्रमा जडीबुटीको अपार भण्डार रहेको उल्लेख गर्दै चन्दननाथमा ती उत्पादनको भण्डारण गरिने उनले बताए । ‘सम्भाव्यता अध्ययनका लागि ८५ करोड रुपैयाँ अनुमानित लागत छुट्याएका छौं,’ उनले भने । उनका अनुसार विस्तृत इन्जिनियरिङ डिजाइन प्रतिवेदन तयार गरेर थप अध्ययन गरिनेछ ।

दस वर्षभित्र ती सहरको सामान्य आधुनिक पूर्वाधार विकास गर्ने सरकारको लक्ष्य छ । प्रत्येक सहरलाई सुविधासम्पन्न र आधुनिक बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने उनले जनाए ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.