को हुन त राजेन्द्र बिरही?


13219873_1086862118054866_241282306_nतनहुँ जिल्ला चुदी रम्घामा बिक्रम संवत २०३३ मा जन्मिएका राजेन्द्र विरही हुर्कदै जाने क्रममा गायक तथा नेपाली कांग्रेस पार्टीको राजनितिक बिचार धारका एक होनाहार युवा नेताको रुपमा चिन्निन्थे।पारिवारीक समस्यमा झेलिदै आएका बिरही नेपाल प्रहरी सेवामा २०५२ मा भर्ना भै देश र जनता प्रति सुरक्षा दिने क्रममा पनि उनी सक्षम ब्यक्तिको रूपमा चिनिन्थे ।माओबादी द्वन्दकालको अबस्थामा पनि उनी प्रहरी प्रशासन प्रति निकै ठूलो भुमिका निर्बाह गर्दै आएका बिरही बिबिध कारणले गर्दा नेपाल प्रहरीको जागिरलाई बिट मारेर हाल बिदेशी भूमि कुवेतमा कार्यरत छन्।राजेन्द्र बिरही झन्डै एक दशक यता कुवेतलाई नै कर्म थलो बनाएर काम गर्दै परिवारको भाग्य अजमाउने कोशिसमा छ्न् । बिरही नेपाली जनसम्पर्क समिति कुवेतको स्थापना काल देखि नै सचिव र प्रथम अधिवेशन पश्चात उपसभापति समेत बन्न सफल भए ।

बाजेकै पाला देखि कांग्रेसको राजनितिमा घुलमिल उत्पीडित परिवार राजनैतिक चासो र सरोकार राख्ने अगुवा परिवार पनि गाउँमा थिए।विरहिले पनि बाजे र बाबुको राजनैतिक धारलाई छोडेनन।उनी कक्षा सातमा पढदा देखि नै नेवि संघबाट राजनितिमा होमिएका थिए । उनले प्रवासको पार्टी संगठन हाक्ने र यसको सम्बन्ध र सम्पर्क नेपाली कांग्रेस पार्टी र नेतासँग जोडी रहने कुरामा कतै कसर बाँकी राखेका छैनन । यीनले विक्रम सम्वत २०४६ सालको आन्दोलनमा प्रत्येक्ष संलग्न भएर एउटा कार्यकर्ताको भूमिका शशक्त ढंगले निभाएका थिए । बि पी को सिद्धान्त र विचारलाई आफ्नो जीवनको दर्शन ठान्ने विरही मञ्चमा भाषण र दर्शन छाटेर मात्र परिवर्तन ल्याउन नसकिने ठान्छन । उनी जुन परिवेश र समाजमा हुर्के ’emको भोगाई अझै उस्तै छ र उनीहरुको थलो सम्म पुग्नु पर्छ भन्ने ठान्छन।कांग्रेस हुनका लागि आफूले पद कहिल्यै नखोजेको जुनसुकै अबस्थामा पनि बिरही आफु सकृय भएर काम गर्ने बताउछ्न ।

कुवेतमा आफ्नो कामको मुल्यांकन यसपटक होला भन्नेमा विश्वस्त हुदै विरही भन्छन पालो मेरो हो । जनसम्पर्क समिति कुवेतको पदाधिकारी भएर पटक पटक काम गरे पनि आफूले यसपाली नेतृत्व गर्न पाउनु पर्नेमा समकालीन कांग्रेसीहरूले बुझ्नेमा उनी विश्वस्त छन । विरहीको सम्पर्क केन्द्र देखि जिल्ला सम्म पनि निक्कै राम्रो रहेको छ।विगतमा प्रथम अधिबेशन सम्पन्न गराउनका लागि प्रमुख अथिति भएर कुवेत आउनु भएका नेपाली कांग्रेसका निष्ठावान बरिष्ठ नेता रामचन्द्र पौडेलसँग पारिवारिक सम्बन्ध नै रहेको दावी गर्छन विरही । जनसम्पर्क समिति कुवेतको अघिल्लो अधिवेशनमा कुवेत आउनु भएका पौडेलसँग कोसेली ग्रुपलाई भेट गराउन यीनै विरहीले भूमिका निवारण गरेका थिए ।

Advertisements

One response to “को हुन त राजेन्द्र बिरही?

  1. माफ़ गर्नु होला बिदेशमा पैसा कमाउन र आफ्नो परिवार अलिकती भए पनि केही शुख दिन सकिन्छ कि भनि काम गर्न आएका हौ राजनीति गर्न हैन त्यसैले राजनीति गर्नु छ भनि नेपाल जानुस् यसरी बिदेशमा राजनीति गर्नाले नै बिसन्गति नेपालीले नै नेपालको बैजेत गराएका हुन् त्यसैले काम गर्नु र अरूलाई पनि काम गरि खान दिनोस् यस्ता बकनफुसे कुरा गरी नराख्नोस् । चेतना भया ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.