“बहु प्रतिक्षित ड्वाचे खानेपानी आयोजना” अन्तिम चरणमा डा.महतको सपना साकार हुँदै।


कर्ण बहादुर अधिकारी
13235821_1035364496544519_52314692_nनुवाकोट जिल्ला क्षेत्र नं २ अन्तर्गतका ७ वटा गाँउ बिकास समितिका पानी नपाएर तड्पी रहेका जनताका सुविधाका लागि निर्माण कार्य भई रहेको बहुप्रतिक्षित खानेपानी आयोजना “ड्वाचे खानेपानी आयोजना” विभिन्न चुनौती का बाबजुद पनि बागेश्वरी गाँउ बिकास समितिको चोगदेको माथिल्लो भागमा निर्माण गरीएको मुल ट्याङ्कीमा पानी खसालिएको छ ।रसुवा मुहान भएको यस खानेपानी आयोजनाबाट लच्याङ,नर्जामण्डप,बागेश्वरी,हल्देकालिका,खानीगाँउ ,गेर्खु र बिदुर नगरपालिकाको वडा नम्बर २ का जनताहरू लाभान्वित हुनेछ्न।

13219633_1035364553211180_1000300832_nयो आयोजना सम्पन्न गराउनु कांग्रेस नेता डा. रामशरण महतका लागि स्वर्णीम सपना थियो जो आज पूरा हुँदैछ।डा.महतले चुनावी दौडानमा ड्वाचे खानेपानी आयोजनालाई जनता सामु प्रस्तुत गर्दा प्रतिपक्षका नेता कार्यकर्ताहरूले ड्वाचे खानेपानी आयोजना भनेको कांग्रेस को भोट माग्न लाई बनाएको झुटको खेती हो भनेर भाषण गर्थे तर आज ड्वाचे खानेपानी आयोजनाले साबित गरी दिएको छ कांग्रेस बिकासको लागि राजनीति गर्छ बिनासका लागि होइन।

जनता नै जनार्दन हुन भन्ने सोच लिएर अगाडी बढ्नु भएका डा.महतको यस कार्यले हजारौ जनताहरू पानी नपाएर मुख सुकाई रहेको अबस्थामा सहज तवरबाट पानी पिउने वातावरण सृजना भएको छ।सपना सपनामै सिमित राखेको भए आज सफल हुने थिएन तर सपनालाई बिपना बनाउनका लागि गहन जिम्मेवारी बहन गर्नु हुने नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत, खानेपानी आयोजनाका समितिका सम्पूर्ण पदाधिकारीहरू र त्यस भेगका जनताहरूको योगदानलाई पनि भुल्नु हुँदैन।यस्ता कार्यहरूले डा.महतलाई मात्र नभई सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी प्रति आस्था राख्ने जनताहरूको भावनालाई नै उच्च बनाउछ।बिकास निर्माणमा सबै जना एक जुट हुन सकेको खण्डमा यसरी नै कार्यहरू सफल बनाई अगाडी बढ्न सक्ने छौ।13236283_1035364529877849_1103322674_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.