धुर्मुस र सुन्तली को अभियान लाई कुबेतको नेपाली हरु बाट सहयोग


सुरेश गुरुङ ,कुबेत

13179028_2113785761990681_3359992354039266121_nएक नेपाली साथी पिडामा हुदाँ एक नेपालीले सहयोग नगरे कसले गर्ने । तपाई हाम्रो सानो सहयोगले पीडित को सहयोह मिलल्छ भने अबस्य सहयोग गरौ। सेवा नै धर्म हो नेपालका चर्चित हास्यकलाकार धुर्मुस र सुन्तली बस्ती निर्माण अभियानलाई तपाईं हामी पनि आर्थिक सहयोग गर्ने होइन त

विनाशकारी दैवीप्रकोपबाट आफन्त गुमाएका र घरबार विहिन भएकाहरुको दुस्खमा सहयोग गर्नु सम्पुर्ण देशभक्त नेपालीको कर्तव्य र उत्तरदायित्व भएको ले तपाईं हामी सबै जान मिलेर धुर्मुस र सुन्तली ले अभियान सहयोग गरौ भन्दै कुबेत मा पनि एक समिति गठन गरिएको हो । यस अघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए ।

धुर्मुस र सुन्तली ले गरेको पबित्र अभियान लाई धेरै थोरै भएपनी सहयोग मिलोस भनि कुबेत बाट पनि हिजो नै कोसेली ग्रुपद्वारा अभियान सहयोग समिति गठन गरिएको छ । जस मा कोसेलीका बरिष्ठ पत्रकार तोयानाथ दाहालको संयोजकत्वमा पत्रकारहरु राज मल्ल सदस्य सचिब र लोमस बास्तोल कोसाध्यक्ष रहेको समिति गठन गरिएको छ । यस पवित्र काम को लागि हिजो नै कोसेली ग्रुपका सदस्यहरु बाट १०१ केडी संकलन गरेको पत्रकार राज मल्ल ठकुरी ले जानकारी दिनु भएको छ। भने धुर्मुस-सुन्तली अभियानमा साथ सहयोग गर्नका लागि संयोजक समितिले सम्पूर्ण कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु, नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई हार्दिक अपिल गरेको छ। भने धुर्मुस सुन्तली सहयोग आर्थिक संकलन अभियानका संयोजक तोयानाथ दाहाल ६५५५०६८०, सदस्य सचिब राज मल्ल ६००६७५७२, कोसाध्यक्ष लोमस बास्तोला ६६९७६७३० वा कोसेली ग्रुपका सदस्यलाई सम्पर्क गर्न सक्नुहुनेछ । अबस्य सहयोग गरौ । सेवा नै धर्म हो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.