बोहोरे कटुन्जेको जनताको चाहना अनरूपको ग्रामिण सडक खण्ड निर्माण हुँदै।


कर्ण बहादुर अधिकारी नुवाकोट।

13220111_1034023840011918_1726673497_nनुवाकोट जिल्ला बागेश्वरी गा.बि.स. वडा नं ६ बोहोरे कटुन्जेमा २८ बैशाखमा बसेको गाँउ भेलामा ग्रामिण सडक खण्ड बेत्रावती,केराघारी,महभीर,कुवापानी कटुन्जे बोहोरे पोल्चेत हुँदै लच्याङ जोड्ने मोटर बाटोको कुवापानी डाँडा खर्क देखि कटुन्जे सम्मको सडक खण्ड जोड्ने निर्णय गरीएको छ।केराघारी,महभीर देखि कुवापानी सम्म र कटुन्जे देखि मडाँडा सम्म बाटो बनि सकेको भए पनि यो बीचको सडकको कार्य भने रोकिएको थियो।

उक्त रोकिएको सडक खण्डलाई बिस्तार गर्नका लागि तय गरीएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत र अतिथिहरू सन्त बहादुर घले,यूवा नेता उपेन्द्र मिश्र, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सचिव एवं गैर आवासीय नेपाली संघ मकाउका सचिव कर्ण बहादुर अधिकारी,शंकर प्याकुरेल लगाएत भेलालाई सफल बनाउनका लागि आफ्नो अमुल्य समय दिएर उपस्थित हुनु भएका बागेश्वरी गाउँ बिकास समिति वडा नं ६ र ८ का बुबा मुमा दाजु भाई तथा दिदि बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।13219884_1034023913345244_1001395079_n

कार्यक्रमको दौडानमा बोहोरे कटुन्जेमा भर्खरै स्थापना भएको कालिका यूवा क्लबका अध्यक्ष राजु तामाङ,समाज सेवी शम्भु अधिकारी ,नेपाली कांग्रेस बागेश्वरीका कांग्रेस नेता सन्त बहादुर घले,बेत्रावती महभीर,कुवापानी ,मस्याङभर्याङ् ग्रामिण सडक खण्डको उपभोक्ता समितिका अध्यक्ष हरी कृष्ण डंगोल ,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सचिव कर्ण बहादुर अधिकारी र नेपाली कांग्रेस यूवा नेता रमेश कुमार महतले बिकास निर्माणका लागि मन्तव्य राख्नु भएको थियो।केही समय अगाडी नै निर्माण भई सक्नु पर्ने सडक खण्ड केही कमी कम्जोरीले गर्दा रोकिएको थियो।ढिलै भए पनि स्थानीय जनताको चाहना अनरूप नै नेपाली कांग्रेसका केन्द्रिय सदस्य,पूर्व अर्थमन्त्री एवं सांसद डा.राम शरण महतले सांसद कोषबाट बिनियोजन भएको बजेटबाट सडक खण्ड निर्माण हुने पक्का भएको छ।यो सडक खण्ड जोडिए पछि कटुन्जे,बोहोरे,मडाँडा,सानो भोर्ले र पोल्चेतका बासिन्दाले प्रत्यक्ष रूपमा उपभोग गर्न पाउने छन्।

13219560_1034023960011906_818192600_nउक्त कार्यक्रममा यूवा नेता रमेश कुमार महतसंग स्थानीय बासिन्दाले अन्तरक्रिया समेत गरेका थिए।महतले मन्तव्यको क्रममा ग्रामिण बिकास निर्माण र पार्टीको हितका लागि अहोरात्र खटिएर अगाडी बढ्ने छु भनी प्रतिबद्धता जाहेर गर्नु भएको थियो।कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं समाज सेवी भिम बहादुर अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन कालिका निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक एंव समाज सेवामा अग्रणी भुमिका निवारण गर्नु हुने नवराज अधिकारीले गर्नु भएको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.