Daily Archives: 10/05/2016

पानामा पेपर्समा सात नेपाली


टेकनारायण भट्टराई
Captureकाठमाडौं-स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्‍याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा सातजना नेपालीको पनि नाम र विवरण सार्वजनिक भएको छ। पानामा पेपर्समा नाम सार्वजनिक भएकामध्येमा गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतो अग्रस्थानमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पपीडितको त्रिपाल अझै भन्सारमा


सुरेन्द्र काफ्ले
Earthquake-victim-pal_215856107नेपालगन्ज: भूकम्प गएको एक वर्ष भयो तर भूकम्पपीडितका लागि आएको त्रिपाल अझै नेपालगन्ज भंसार कार्यालयमा नै थन्किएको छ । भूकम्पपीडितको राहतका लागि भारतबाट ल्याइएको उक्त त्रिपाल कुनै पनि संघसंस्थाले नलगेपछि नेपालगन्ज भन्सार कार्यालयले जफत गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

५ हजारभन्दा बढी उजुरी


घनश्याम खड्का, काठमाडौं
वैशाख २८, २०७३- सशस्त्र द्वन्द्वका क्रममा गैरकानुनी हत्या गर्ने, यातना दिने र बेपत्ता पार्ने दोषीमाथि कारबाहीको माग गर्दै पीडितले धमाधम उजुरी दिइहेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको संख्या मात्रै ५ हजार १ सय ६९ पुगेको छ । वैशाखको ५ बाट संकलन थालिएपछि दिनहुँ उजुरी बढिरहेको र देशैभरबाट पीडित खुल्ने क्रम जारी भएको आयोगले जनाएको छ । ‘आइतबार मात्रै ३ सय ८५ उजुरी परे,’ आयोगका अध्यक्ष डा. सूर्यकिरण गुरुङले भने, ‘फारमहरू ६ सय ८९ वितरण भए ।’ पढ्नेक्रम जारी राख्नुहोस्