नैनकला राई, कुवेत,
मे ७ -आगामी ३ जुन २०१६ का दिन किरातीहरुको महान पर्व उभौलीको अवसर पारेर किरात राई यायोक्खा कुवेतले शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम गर्ने भएको छ l
हिजो ६ मे २०१६ का दिन किरात राई यायोक्खा कुवेतको बिशेष बैठक संस्थाको अध्यक्ष रमेश किरातीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थापक तथा बरिष्ट सल्लहाकार अमित राई लगाएत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको बैठकले निर्णय गरेको हो lकुवेतमा कार्यरत किरात राइहरुलाई संगठित गर्दै परदेशमै रहेर पनि आफ्नो संसकार र संस्कृतिलाई जिवान्त राख्ने हेतुले १४ मार्च २०१४ का दिन किरात राई यायोक्खा कुवेत शाखा गठन गरिएको हो l स्थापनाकाल देखिनै सकृय रही २ बर्षको अवधिमा किरात राईहरुको उधौली र उभौली पर्वहरु नियमित रुपमा मनाउदै विभिन्न क्रियाकलापहरुमा क्रियाशिल रही कुवेतका कृयाशील संघ-संस्थाहरुसंग हातेमालो गर्दै २ साल भरिको अवधिमा कुवेतका बिभिन्न कार्यक्रमहरुमा संस्कृतिक झाँकीहरु प्रस्तुत गर्दै सबैको मन जित्न सफल हुदै आएको संस्थाले सामाजिक कार्यमा पनि सकृय रही थुप्रै राम्रा र चुनौतिपूर्ण सामाजिक कामहरु गर्दै आएको छ ।
वैशाखे पूणिर्मावाट शुरु हुने यो उभौली पर्ब किरात समुदायले बालीनाली लगाउने समय सुरु भएकोले अन्नपात सप्रियोस् भन्ने कामना गर्दै किरात राई, लिम्बू, याक्खा र सुनुवारहरुले मनाउने गर्छन् । वर्तमान समयमा उभौली पर्व किरात समुदायको वसोवास गर्ने क्षेत्रहरुमा मात्रै नभएर देश बिदेशमा हर्सोल्लासका साथ् मनाउदै आएका छन् ।
यसै अवसरमा संस्थाको अध्यक्ष किरातीले देश–विदेशमा रहेका सबै किराती तथा गैर किरातीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै यसले साम्प्रदायिक सम्बन्धलाई थप मजवुत पार्ने विश्वास गर्दै शुभकामना व्याक्त गरेका छन् साथै कार्यक्रम हुने स्थान र समयको टुङ्गो नाभैसकेकोले चाडो भन्दा चाडो टुङ्गो लगाई आयोजकले जानकारी गराउने बताएका छन ।