भूकम्पपछिको पुनर्निर्माणमा ११ सय इन्जिनियर


रेवती सापकोटा
Kishor_thapa_Sketch_Nepal_663782618_490567954काठमाडौं: अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पप्रभावित ११ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार पारेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजका विज्ञले सोमबार र मंगलबार तालिम दिएर एक हजार एक सय इन्जिनियरलाई भूकम्प प्रभावित गाउँमा परिचालन गर्न तयार बनाएका हुन्। उनीहरूलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रम गरी बिदाइ गर्न लागेका छन्।

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखसमेत रहेका सहसचिव शिवहरि शर्माका अनुसार एक साताभित्र तालिम पाएका इन्जिनियर सम्बन्धित जिल्लामा पुगिसक्नेछन्।अमेरिकी सहयोग नियोग यूएसएडको आर्थिक सहयोगमा तालिम पाएका इन्जिनियरले गाउँमा पुगेर भूकम्पप्रतिरोधी निजी आवास निर्माणमा प्राविधिक सहयोग पुर्‍याउनेछन्।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने, ‘लगत संकलन पूरा भएका ११ जिल्लामा इन्जिनियर परिचालित हुनेछन्।’ इन्जिनियहरूले गर्ने जाँचपासका आधारमा सरकारले भूकम्पप्रतिरोधी घर निर्माण गर्न तीन चरणमा दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

भूकम्पप्रतिरोधी आवास निर्माण, पुनर्निर्माणका ’boutमा इन्जिनियरलाई जानकारी गराएर पठाउन लागिएको सहरी विकास मन्त्रालयले जनाएको छ।लाभग्राहीले दुई लाख रुपैयाँ पाउने अनुदान सम्झौतामा हस्ताक्षर गरेपछि थालिने निजी आवास निर्माणमा इन्जिनियरको प्राविधिक सहयोग आवश्यक पर्दछ।

भूकम्प गएको एक वर्ष पूरा भएको अवसरमा प्राधिकरणमार्फत स्थानीय विकास मन्त्रालय मातहतका निकायले तीन सय ८३ गाविसमा घर पुनर्निर्माणका लागि अनुदान पाउन योग्य घरधनीको सूची सार्वजनिक गरेका छन्। अनुदान पाउन योग्य व्यक्तिसँग सम्बन्धित गाविसका सचिवले अनुदान सम्झौता गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौंमा गाउँ जाने इन्जिनियर टोलीलाई बिदाई गर्ने कार्यक्रम रहेको छ।
अनुदान सम्झौतासँगै लाभग्राहीले बैंक खाता खोलेपछि पहिलो चरणमा ५० हजार रुपैयाँ उपलब्ध गराइन्छ।पहिलो चरणको रकम प्राप्त भएपछि लाभग्राहीले भूकम्पप्रतिरोधी घर बनाउन जग खनेर प्रक्रिया अगाडि बढाउनु पर्नेछ। त्यतिबेला इन्जिनियरको उपस्थिति अनिवार्य मानिन्छ।

दोस्रो चरणमा ८० हजार रुपैयाँ र तेस्रो चरणमा ७० हजार रुपैयाँ इन्जिनियरले प्रमाणित गरिदिएको आधारमा लाभग्राहीले प्राप्त गर्नेछन्। ‘लाभग्राहीले जग राखेपछि ५० हजार, गारो लगाएपछि ८० हजार र छानो राखेपछि ७० हजार रुपैयाँ पाउनेछन्’, थपलियाले भने।

एक हजार तीन सय ४५ जना इन्जिनियर एकैपटक परिचालन गर्ने प्राधिकरणको योजना भए पनि अहिले एक हजार एक सयजनाले मात्रै तालिम लिएका छन् ।
भूकम्पप्रभावित ३१ जिल्लामा एक हजार तीन सय ५० इन्जिनियर, ६ सय ५० सबइन्जिनियार र पाँच सय ७८ असिस्टेन्ट सबइन्जिनियर आवश्यक पर्ने सहरी विकास मन्त्रालयको प्रक्षेपण छ।

भूकम्पबाट प्रभावित १४ जिल्लामा पाँच सय ७५ गाविस र ४२ नगरपालिका छन् । ती गाउँमा पुनर्निर्माण अगाडि बढाउन रिक्त रहेका एक सय २५ गाविस सचिव अझै पुगिसकेका छैनन्।गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर एक वर्षअघि गएको ७.६ म्याग्निच्युडको भूकम्पले ३१ जिल्लाका करिब आठ लाख घर क्षति बनाएको थियो।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.