खाडीका पिडा…


शिव पौडेल, कुवेत

shiva paudel“बिछोडको करौतिले पार्नसम्म पार्‍यो”… यस्ता मार्मिक गीतहरु सुन्दा झन पिडाबोध महसुस हुने गर्छ खाडीमा कार्यरत श्रमिकहरुलाई । नेपालको बिग्रिदो राजनैतीक अस्थिरता अनी परिवारको आर्थिक चिन्तनले गर्दा परदेशिएका कयौं नेपाली मनहरुलाई यस्ता बियोगान्त तथा मार्मिक गीतहरुले झन पिडाको घाऊमा नुन छर्कने कार्य गर्छ । नसुन्ने त कसरी दिनभरीको मजदुरी पश्चात थकान भुलाउने साथी नै संगित त हो ! नेपालको अव्यबस्थित कानुनी प्रावधान अनी मेनपावर व्यवसायीहरुको प्रलोभनमा फसिएर अनेकन समस्या झेली रहेका हुन्छन परदेशीएका नेपाली मनहरुले । पान खाएर थुके जस्तो गर्छन श्रमिक दाता यानी मालिकहरुले, त्यो त एउटा पाटो मात्र हो खाडी मुलुकमा श्रमिकहरुको पिडाको, यस्ता पिडालाई सहर्ष स्विकार्दै जेनतेन दिनहरु बिताई रहेका हुन्छन । ५०/५५ डिग्रीको आँखै तिर्मिराउने, घामको राप जुन घर परिवार, गरीबीको पिडा, अनगिन्ती समस्याको बाबाजुत पनि न प्यास न गर्मी भन्दै काम गर्न तल्लिन भएका छन ।

जसरी तसरी आफ्नो कमाइ बचत गरी घरमा पठाउने गर्छन् तर घर परिवारलाई खर्चिलो बानी परेको हुन्छ । कसरी कमाएको छ त्यतातिर सोच्दैनन कसैले । नेपालमा सबै भ्रममा छन रुखबाट पैसा टिपेको सम्झने प्रबिधिले खर्च गर्न कुनै कन्जुसाइ नै गर्दैनन, बेतिथीसँग उडाईन्छ, अबमुल्यन गरिन्छ परदेशीको पसिना । दिनहुको बड्दो महँगी र बिलासिताको जीवन बिताउने चाहना अर्थात पारिवारिक बातावरणले गर्दा झन पिडामा तड्पिन्छन र यस्तै पिडा अनी श्रमदाताको शोषणले गर्दा वाध्य हुन्छन आत्मदाह गरेर मृत्‍युलाई अगाल्न नेपालीहरु र कतीपय सुतेको ठाउँबाट सदाको लागि निदाउन पुग्छन । यो दृष्य नेपालको बिमानस्थलमा देखिने दिनहु काठको बाकसको लाइनले….पुष्टी गरेको छ ।

निन्द्रा देबिको कोखलाई बिहानको झिसमिसेमा लत्याउदै नभएको रक्तचापलाई उच्च रक्तचापमा परीणत गर्दै हस्यङफस्यङ काममा जानु पर्ने बाध्यता … कस्तो बिडम्बना आफु खुशी जाउ भने बस छुट्ने संभावना नजाउ भने हतार हतार गर्नु पर्ने पिडाहरु अनेकौ भए पनि सरल र इमान्दारी देखाउदैन कम्पनि मालिकको नमिठो बचनसँगै शुरुवात गर्नु पर्छ निमेकको थालानी । जसोतसो दिन त बितेको हुन्छ तर पिडाहरु जाहाको तहीँ..

दिन, महिना, वषौ बित्दै गए तर समस्या जाहाको तहीँ.. सोच्दा सोच्दै वषौ बिताउने बाध्यता कास्तो देशमा जन्मेछु भन्दै आफुलाई धिकार्दै बस्नुको पिडा.. वषौ दिन देखिको प्रतिक्षा पश्चात छुट्टी त मिल्छ अनी उही घर परिवारको माग फलानो र ढिस्को, मनमनै अब त यो ठाउमा आउदिन भन्दै राहदानी हातमा बोकी बिमानस्थल तिर लाग्छ, अनगिन्ती सोचाइहरु मनमा संकलन गर्दै हवाइ जहाज चढ्छ । ४/५ घण्टाको हवाइ यात्रापछी आफ्नो मातृभूमी टेक्ने बित्तिकै पछी लाग्छन ब्वाँसोहरु..
अनी भन्छन डोरी लाउरे.. वास्तबमा डोरीले सामान र्‍यपिङ गर्दा सामान सुरक्षित हुन्छ तर बिमान स्थानमा बस्ने ब्वासोहरुले सामान चोर्न नपाएर अशभ्य भाषामा नामांकरण गरिदिए डोरीलाहुरे.. सक्किगोनी !! यस्ता शब्दहरुले अपमानित भईन्छ आफ्नो देशमा पनि, हरेक पाइला पाइलामा पिडा कतिन्जेल.. यस्ता पिडामा भौतारिने ।

कतिपय यस्ता घट्नाहरु पनि घटेका छन श्रीमानले दु:खले बचत गरेर पठाएको पैसाले मत्तिएर आफ्नै श्रीमती परपुरुषको अंगालोमा अनी हुन्छन परदेशी घर न घाटको,, दिनहु भाषण गर्छन् नेपालका राजनेताले हामीले अब खाडी लगायत अन्य ठाउमा पठाउने छैनौं हाम्रा यूवालाई । श्रमदान गर्नैलाई आफ्नै देशमा रोजगार उपलब्ध गराउछौ भन्दै फुक्छन । तर जता जाउँ उतै उराठ लाग्दो पहिला भन्दा बेतिथीको आफ्नो मुलुक, अस्तव्यस्त अनी मुखबाट सुस्केरा निक्लनु शिवाय अरु छैन बिकल्प । बिदेश न फर्किने मनको वाचा फेरी परिवर्तन.. जे छ पर्दाको पछाडि छ, दु:ख भोगेको छु तर अरुले देखेका छैनन भन्ने सोचका साथ झिनो आशा र नपुग्ने सपना बोकेर पुन. खाडीको यात्रामा.. कतै काठको बाकसमा त फर्किन्न भन्ने त्रास र आशंका मनमा पालेर…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.