चैत्र १४, २०७२- पाकिस्तानको प्रमुख शहर लाहोरको गुलसन इकबाल पार्कमा आइतबार साँझ भएको बम विष्फोटमा कम्तीमा ५५ जना मारिएका छन् । २ सय बढी घाइते छन् । मृतकहरुमा अधिकांश महिला र बालबालिका छन् । पंजाब सरकारको स्वास्थ्य मन्त्रालयका सल्लाहकारले अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको र घाइतेहरुको उपचारका लागि आम मानिससलाई रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरुलाई शेख जैद र जिन्ना अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार बम विष्फोट आत्मघाती हमला भएको र ७ देखि १० किलो विष्फोटक सामग्री प्रयोग गरिएको अनुमान छ । शहरको बीच भागमा रहेको उक्त पार्कमा छुटि्टको दिन विशेष भिडभाड रहने गर्छ ।
पाकिस्तानमा गराइएको बम विष्फोटमा ५५ को मृत्यु
This entry was posted in विश्व समाचार. Bookmark the permalink.