हङकङमा तनहुँ बाराही साँझ-४ हुने


मुककाजी (काजी) गुरुङ, हङकङ
16031604ddddतनहुँ समाज हङकङले आदिकबि भानुभक्तको जन्मस्थल तनहुँको चुँदी रम्घा स्थित निर्माणधिन भानु स्मारक संग्रहालय सहयोगार्थ आर्थिक सहयोग जुटाउन आगामी २४ अप्रिल २०१६ अाईतबार, बेलुकी ६ बजे याउमातेई स्थित हेनरी जी ल्योंग कम्युनिटी हलमा तनहुँ बाराही साँझ- ४ गर्ने जानकारी सभा मार्फत समाजका अध्यक्ष जङ्ग बहादुर थापा मगरले जानकारी दिएका छन् ।

कार्यक्रममा उपस्थित महानुभाबहरु सहित कार्यक्रमको पोष्टर पनि सार्वजनिक गरिएको छ । कार्यक्रम संयोजक हरि थापाका अनुसार, तनहुँ बाराही साँझमा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित गायिका प्रिती आले, नेपाली तारा- ३, प्रताप लामा, चर्चित लोकदोहरी गायिका अमृता लुङ्गेली, आधुनिक/गजल गायक राज सिग्देल, चर्चित डान्सर रश्मी तमाङ, लोकदोहरी गायक राजु ढकाल, गायक दुर्गा गुरुङ र हाँस्यकलाकार सुरज भिर्खोइरेको बेजोड प्रस्तुति रहने छन् ।

16031604vcvतनहुँ समाज हङकङले बाराही साँझ १, २ र ३ आयोजना गरी संकलित रकमद्वारा गृहजिल्लाका बिबिध शिक्षा, सामाजिक तथा विकास निर्माण योजनाहरुमा सहयोग गर्दै आइरहेको छ । तनहुँ समाज हङ्कङले बाराही साँझ २ र ३ बाट नेपाली ६,६ लाख संकलन गरी २ वटा अक्षयकोष स्थापना गरेको छ, जसबाट प्रत्येक बर्ष एस एल सि परिक्षामा सर्बोउत्कृष्ट अंक ल्याउने छात्र/छात्रालाई छात्रवृत्ति साथै सुस्त श्रवण बिद्यालयहरुलाई प्रत्येक बर्ष सहयोग गर्दै अाईरहेको छ साथै महाभूकम्पबाट क्षतिग्रस्त २५ बिद्यालय पुनर्निर्माणको लागी १० लाख भन्दा बढी सहयोग गरिसकेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.