बेलायती राजकुमार ह्यारीको भ्रमण : बर्दियामा र्‍याफ्टिङ, कास्कीमा ट्रेकिङ


09032016111537prince-harry-1000x0फाल्गुन २६, २०७२- बेलातयी राजकुमार ह्यारी नेपालको पाँच दिने भ्रमणमा चैत ६ गते शनिबार (मार्च १९) मा आउने भएका छन् । नेपाल भारत कुटनीतिक सम्बन्धको दुई वर्ष पुगेको उपलक्ष्यमा उनले बेलायती महारानीका तर्फबाट नेपालको भ्रमण गर्न लागेका हुन् । नेपाल आइपुगेकै दिन उनी परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनेछन् भने त्यसै दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् ।
भोलिपल्ट उनले राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् । त्यसैदिन उनी भूकम्पले क्षति पुर्‍याएका पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर पुग्नेछन् । भक्तपुरमा रेडक्रसले संचालन गरेको आपकालीन सहयोग र भूकम्पपीडितको अस्थायी शिविरको उनले अवलोकन गर्नेछन् ।

सोमबार उनी नेपाली प्राकृतिक सम्पदा र संरक्षण’bout बुझ्न बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नेछन् । त्यहाँ उनले खौराहा नदिमा ऱ्याफ्टिङ पनि गर्नेछन् ।

त्यसैदिन पोखरा आएर उनले गोर्खा सैनिकका परिवारसँग भेटघाट गर्नेछन् र ट्रेकिङका लागि जानेछन् ।
भ्रमणको अन्तिम दिन उनले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्तरुपमा नेपाल गर्ल समिटको उद्घाटन गर्नेछन् । त्यसपछि भक्तपुरको सानो ठिमीमा रहेको सानोठिमी टेक्निकल स्कुलको अवलोकन गरेर उनी काठमाडौंको कान्ति बाल अस्पतालको भ्रमणमा आउनेछन् ।

भ्रमणको अन्त्यमा बेलायती राजदूतावासले आयोजना गरेको रात्रीभोजमा उनी सरिक हुने बेलायती दूतावासले जनाएको छ ।
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.