माथिल्लो कर्णालीको प्रर्वद्धक जिएमआरको गाडीमा आगजनी


प्रकाश अधिकारी, दैलेख
फाल्गुन २५, २०७२- अपरिचित व्यक्तिले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी जिएमआरको गाडीमा आगजनी गरेका छन् । सोमबार साँझ आयोजनास्थल सात्तला– १ रामाघाट खोला नजिक रोकी राखेको अवस्थामा बा८च १५८५ नम्बरको बोलेरो जीपमा आगजनी गरेका हुन् । जिएमआर भारतको बहुराष्ट्रिय कम्पनी हो । जलविद्युतमा भारतीय लगानीको विरोध गर्दै आएका पार्टीका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान छ । कम्पनीले प्रयोग गरेको उक्त जीप भाडाको हो । ९ सय मेगावाटको यो आयोजना बनाउन गत वर्षको सेप्टेम्बरमा कम्पनी र नेपाल सरकारबीच पीडिए भएको थियो । कम्पनी हाल निर्माणपूर्वको प्राविधिक तथा वित्तीय तयारीमा जुटेको छ ।

दैलेखका प्रहरी प्रमुख बीरबहादुर ओली नेतृत्वको सुरक्षाकर्मीको टोलीले आगजनी गर्नेको खोजी कार्य तीव्र पारेको छ । चालकले जीप सफा गर्न रामाघाट खोलामा रोकेका थिए । लगत्तै अपरिचित दुई युवा आएर पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए । स्थानीय व्यवसायी र सुरक्षाकर्मीले पानी छर्केर आगो निभाएका थिए । आगजनीले जीप पूर्ण क्षतिग्रस्त बनेको छ । घटनास्थल आयोजनाको ड्याम साइट टुइनकुनाबाट दुई किमी टाढा पर्दछ । टुइनकुनादेखि अन्दाजी आधा किमी नजिकको दुरीमा आयोजना सुरक्षार्थ सशस्त्र प्रहरी बल र नेपाली सेना तैनाथी छ ।

बाक्लो सुरक्षा घेरामा घटना हुनुलाई स्थानीयले आश्चर्य व्यक्त गरे । ‘आयोजना कर्मचारी र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कमजोरी हो,’ एक स्थानीयबासीले घटना’bout टेलिफोनमा भने, आयोजना नबनोस् । होल्डमै राख्न पाइयोस् भन्ने जिएमआरकै रणनीति अन्तर्गत यो घटना भयो ।’

जिएमआर छिटो निर्माण सम्पन्न गर्नुको साटो आफ्नो नाउमा नदी ‘होल्ड’ गरेर राख्न चाहन्छ ती स्थानीयले भने । पछिल्लो समय आयोजनाको पक्षमा सकारात्मक माहौल भइरहेका बेला भएको यस घटनालाई स्थानीयले अर्थपूर्ण रुपमा लिएका छन् ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.