नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई मकाउ देखि खुल्ला पत्र


Captureआदरणीय पार्टी सभापति शेर बहादुर देउवा ज्यू,
जय नेपालको न्यानो अभिबादन।

नेपाली कांग्रेस पार्टीको कृयाशील सदस्यको हैसियतले यस बिदेशी भूमि मकाउबाट २/४ शब्द लेख्ने जमर्को गरी रहेको छु।लेखाईको क्रममा म बाट केहि गल्ति हुन गएमा माफ गर्नु होला।सर्व प्रथम नेपाली कांग्रेसको १३औं महाधिवेशन पश्चात अत्याधिक मत ल्याएर सभापति जस्तो गरिमामय पदमा बिजयी हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको कामना गर्दछु।
नेपाली कांग्रेसमा लामो समय देखि अनवरत रूपमा लागि पर्नु भएर आज जुन किसिमको सफलता पाउनु भयो त्यसमा म पनि गौरववान्बित भएको छु किनकी राजनितिमा जो लागि पर्छ उसले स्थान पाउनु पर्छ भन्ने मान्यता राख्दछु।तपाईको जीवनी पढ्दा अति नै मर्माहित हुन्छु, तपाई सुदुर पश्चिमको गाउँमा गरिव परिवारमा जन्मिनु भई नेपालको राजनितिमा होमिनु भयो र १० बर्ष जेल नेल भोग्नु भयो।आज तपाईले देश र जनतालाई दिनु भएको योगदानको फल स्वरूप नेपाली कांग्रेसका माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधिहरूको बिश्वास साथै अमुल्य मत पाई बिश्वासका साथ नेपाली कांग्रेस सभापतिमा बिजय हासिल गर्नु भयो।

जति तपाईबाट देश र जनताका लागि राम्रा कामहरू भए केहि मात्रामा तपाईबाट पनि पार्टी र कार्यकर्ताका लागि पनि घात भएकै हो।मैले तपाईबाट भएको कमी कम्जोरीहरूलाई यो स्वर्णीम समयमा उजगार गर्दा पक्कै पनि नेपाली कांग्रेसमा आबद्ध हुनु भएका कांग्रेसी जनहरूलाई पनि तिक्तता आउन सक्छ त्यसैले यस बिषयमा त्यति गहिरीएर नजादै राम्रो होला किनकी तपाईको कमी कम्जोरी कांग्रेस हुँ भन्ने सबैलाई थाहा भएकै कुरा हो।तर आज यो समयमा स्वर्गीय शुशिल कोईरालाको असामयिक निधन पश्चात कांग्रेस पार्टी हाक्ने ब्यक्तित्वको खोजी भएको अबस्थामा सबै कार्यकर्ताको नजरमा तपाई राम्रो देखिन पुग्नु भयो र कार्यकर्ताले तपाईलाई मौका दिन पुगेका हुन।तपाईको साथमा राजनिति हस्तिहरू खुम बहादुर खड्का,गोविन्दराज जोशी,कृष्ण प्रसाद सिटौला,तारानाथ रानाभाट ,कुल बहादुर गुरूङको सहयोग पाउनु पनि तपाईको लागि शुभ रहन गयो र बिजय तपाईकोमा गयो।यदि स्वर्गीय शुशिल कोईराला रहनु भएको भए त्यो पनि कठिन थियो।

तपाई पार्टी सभापति त बन्नु भयो तर तपाईका सामु बिभिन्न चुनौतिहरू पनि खडा भई सकेको छ अब त्यसलाई कसरी सहज र सरल तवरबाट समन्वय गरी अगाडी बढाउने कुरा तपाईमा नै भर पर्ने कुरा हुन त्यसैले सबैसंग सहकार्य गर्दै समस्या र चुनौतिहरू समाधान गर्नु होला।यदि तपाईले आउँदा दिनहरूमा पार्टीका निम्ति गर्नु पर्ने कर्म काण्डहरू बिधि पूर्वक गर्न सक्नु भएन भने नेपाली कांग्रेसका कार्यकर्ताहरूले तपाईलाई उपियाले मरेको जनावरलाई छाडे झै छोड्ने पक्का छ त्यसैले सजग रहनु होला।तपाई नेपाली कांग्रेस पार्टी जस्तो गरिमामय इतिहास बोकेको पार्टीको सभापति जस्तो गरिमामय पदको सफत खानु पहिला नै पार्टी र कार्यकर्ताको हितका लागि उपयोगी कार्य योजना तयार गरेर मात्र सफत लिदा राम्रो हुने थियो।

कहिले पनि कुर्ची मोहमा फस्ने प्रयत्न नगर्नु होला।बिगतका दिन पद र कुर्ची मोहकै कारणले गर्दा नेपालको १ नम्बर पुरानो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीलाई फुटाउनका लागि प्रमुख भुमिका निवारण गर्नु हुने तपाई नेपाली कांग्रेस पार्टीबाट टुक्रिएर गएको नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति पहिले नै भई सक्नु भएको छ तर आज त्यो स्थिति रहेन तपाई अहिले नेपाली कांग्रेस पार्टीको सभापति बन्ने अबसर पाउनु भयो।आज नेपाली कांग्रेस पार्टीलाई मन मन्दिरमा सजाउने कार्यकर्ताले बिश्वास गरे।त्यहि बिश्वासका कारण तपाई अगाडी बढ्दै हुनु हुन्छ।नेपालको राजनितिमा तपाई म भन्दा हजारौ गुणा माथि हुनु हुन्छ म त एउटा कृयाशील सदस्य मात्र हुँ तर पनि तपाईले अब यी सोझा सिधा कार्य कर्ताको आवाज पनि सुन्नु पर्ने अबस्था छ।तपाईको काधमा आएको जिम्मेवारी सबैसंग सहकार्य गरी अगाडी बढाउनु होला।

सबै भन्दा पहिला हामीले जुन बिगत देखि सुन्दै आई रहेका छौ संस्थापन पक्ष र देउवा पक्ष साथै ६०/४० को कुरा यसलाई प्रमुख एजेण्डा नै बनाएर यस्तो बिकृतिलाई हटाउनका लागि प्रमुख भुमिका खेल्नु होला यदि तपाईले पनि यस कुरालाई समाधान गर्न सक्नु भएन भने तपाई सभापति बन्नुको कुनै अर्थ छैन।तपाई आफैले पनि थाहा पाउनु भयो हिजो चुनावका दिन भएको झडपको घटना आफ्नै पार्टीका कार्यकर्ता बीच कुटाकुट भयो मुख नै फुटाई दिए देउवा पक्षले रामचन्द्र पक्षको आखिर किन ?के यसो हुनु पार्टीको लागि राम्रो हो त ?

चुनावी दौडानमा तपाई रामचन्द्र पौडेल भन्दा सर्व श्रेष्ठ ठहरिनु भयो किनकी तपाई संग पैसा,बल र बुद्धि तीनै चीजले भरीपूर्ण हुनु हुन्थ्यो तर बिचरा रामचन्द्र पौडेल नेपाली कांग्रेस पार्टी भित्र निष्ठाको राजनिति भन्दा भन्दै आफ्नो जीवनको उत्तराद्ध सम्म पनि सफलता हात पार्न सकेनन्।अबश्य नै रामचन्द्र पौडेल तपाई भन्दा दुर्लभ देखिए तीनै वटा कुरामा तर साच्चै भन्नु पर्दा तपाई भन्दा निष्ठावान चाहि पक्कै हुन।आखिर जे भए पनि पार्टी भित्रको चुनाव हो फुटेर होईन जुटेर अगाडी बढ्नु पर्छ।सबैलाई मिलाएर अगाडी बढाउनु पर्छ भेदभाव गर्नु हुदैन।यसरी मिलाएर लान सक्नु भयो भने यसैमा भलाई हुने छ यदि तपाईले एकलौटी गरेर अगाडी बढ्नु भयो भने कांग्रेस भित्र कयौ गुट उपगुटको जन्म हुने छ धेरै शेर बहादुरहरू जन्म लिन सक्ने छन र पार्टीको भविष्य अन्धकार तिर धकेलिने छ।अर्को संसदीय दलको चुनावमा १ नम्वरको पार्टीलाई ४ नम्बर तिर धकेल्ने प्रयास चाहि कदापी नगर्नु होला।माओबादी जन युद्धको वेलामा घरबार बिहिन भएका ,अपाङ्ग भएका कार्यकर्ताहरूको लेखा जोखा राख्ने काम कतैबाट गरिएको छैन।यदि त्यस्ता कार्यकर्ताहरू छन भने उनीहरू माझ पुगेर उनीहरूलाई साथ दिन सक्नु पर्दछ।

अझै पनि माओबादीबाट हत्या गरिएका कार्यकर्ताहरूको पारिवारीक अबस्था दयनीय नै छ।उनीहरूको स्थिति ’bout जानकारी राख्न सक्यो भने पनि आउँदा दिनमा पार्टी प्रति आस्था राख्ने कार्यकर्ताको मनोबल बढ्ने छ।नेपाली कांग्रेस पार्टीको भातृ संगठनहरूसंग पनि समन्

कर्ण बहादुर अधिकारी,मकाउ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.