माया बि.क
अन्तरास्ट्रिय नारी दिवस
पढन गएका नारीलाई एसिड छापिन्छ,लोग्नेले जाँडको तालमा स्वास्नी कुटिन्छ,चार वर्षको बालिकलाई बलात्कार गरिन्छ,
बोक्सीको नाममा गरिब,बृद,बिधुवालाई गु.मुत खुवाईन्छ,दाईजोको निउमा दुलही माथी आगो लगाईन्छ,र पनी यहाँ लाज नमानी नारी दिवस मनाईन्छ।
हो,बास्तवमा यस्ता बिभिन्न कुराको कारण नारीहरु अपमानित भएको घटना हामी दिन प्रति दिन सुन्ने र देख्ने गर्छौ। आज बिस्व भरी नारी दिवस मनाउने गरिन्छ।तर अच्चमको कुरा यो नारी दिवस बर्षमा एक चोटी मनाउने गरिन्छ।ताकि ३६५ दिनमा एक दिन,यो नारी दिवस अब आजको दिन देखी ३६५ दिन पछी मात्र आउने गर्छ।बिडम्पना ३६५ दिन बित्न नपाउदै यो संसार मा नारी माथी ३६५ को दोब्बर गुनामा अपमान भैसकेको हुन्छ।यसरी यस्ता किसिमका कुरनिती दिन प्रति दिन यसरी निरतर रुपले बढिरहने हुन भने किन नारी दिवस मनाउनु?
नारी मानव होकि पशु?यसै पश्नलाई हेर्दा यदी पशु हो भने सानो घरयासी काम देखी लिएर रास्ट्र निमार्ण सम्म किन महिला प्रयोग गरिन्छ।यदी मानब हो भने किन पुरुष सरह खुल्ला रुपले बाच्न पाउदैन।त्यसैले अब सम्पुर्ण महिला दिदि बहिनीमा मेरो सानो अनुरोध छ।अब अधिकार मागेर हैन खोसेर लिनु पर्दछ।यो पुरुषवादी समाजमा कहिलै अधिकार मागेर मिल्नेवाला छैन।त्यसैले सबै नारी हरु गाँउ,गाँउ बाट उठौ,क्षेत्र, क्षेत्र बाट उठौ,समाज,समाज बाट उठौ अनी नारी एकता को गाँठो बलियो बनाउदै सुरछित साथ बाँचौं।
माया बि.क(दाङ)
सचिब(महिला तथा बाल संरक्षण सहयोजक)
राप्ती भेरी कर्णाली एकता समाज कुवेत
कार्यकारि सदस्य
दलित एकता संजाल कुवेत
माया बैनी को यो लेख हेर्दा अत्यान्तै खुशी लाग्यो । हाम्रो समाज ले नारी लाई हेर्ने नजर अहिलेको २१ औ सताब्दी सम्म अाइ पुग्द पनि पुरानै अर्थात् ढुङ्गे युग को जस्तै भएको देखिन्छ । कहिले ५ बर्षाका बालिका बलात्कृत हुनुपरेको छ त कहिले बोक्सिको आरोप मा मल मुत्र खुवाइछ । एस्ता अनेकौ हिन्शात्मक गतिबिधी बाट नारी हरु सधैं नै अपहेलनाको शिकार बनी नै रहेकाछन । उसो त हामी देख्न सक्छौ नारी बाट पनि नारी नै अपहेलित बनी रहेक छन । सबै भन्दा पहिला त नारी ले नरिलाई सम्मान गर्न सिक्नुपर्यो अनी जुन फेसन ले हामी नेपाली हरुको मौलिक परम्परा को हत्या गरि रहेको छ् तेस्ता फेसन हरुको पनि अन्त्य नारी बाटै सुरु हुनुपर्यो ।
नारी दिवस र् नारी अधिकार भनेर मात्रा हुँदैन घर देखी सडक अनी सडक देखी सदन सम्म नारी बिना सबै अधुरा छन एउटा सफल पुरुश को पछी ए उ टि इमान्दर र सच्चा नारिको हात रहेको हुन्छ भने हामीलाई जन्म दिने नारी माथि अराजक र अपमानित गर्नु सबै भन्दा निच काम हो ।
नारी दिवस को रुप मा मात्रै नमनाइयोस नारी हिङ्शा गर्ने हरुलाई कडा भन्दा पनि कडा सजायको भागीदार \बनाइयोस । बर्षको एक दिन नारी अधिकार को कुरा गरेर मात्रा हुँदैन समाज को तल्लो त्यहाँ बाटै नारी हिङ्सात्मक ब्यावहाँर को अन्त्य हुनुपर्छ ।