Daily Archives: 05/03/2016

कांग्रेसको चुनाव आइतबार, सभापति पहिलोपटकमै नचुनिए के हुन्छ ?


काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् काठमाडौंको भृकुटीमन्डपमा जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् ।बन्दसत्रले शनिबार सबै प्रतिवेदन पारित गरी आइतबार नयाँ नेतृत्व चयनमा जुट्ने महाधिवेशनको तालिका छ । नयाँ नेतृत्व र कार्यसमिति चयनका लागि आइतबार निर्वाचन गरिने छ । तीनजना पदाधिकारीसहित ६४ जनाका लागि हुने निर्वाचनमा ३१२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले अब अन्तिम नामावली प्रकाशित गरी मतपत्र तयार पार्नेछ भने आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रकाशमानले कडा शब्दमा प्रतिनिधिलाई भने : रामचन्द्र पराजित भए विपी र गणेशमान पराजित


prakasकाठमाडौं, २२ फागुन । केही दिनदेखि मौन बसेका नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह शनिवारदेखि आफ्ना उम्मेद्धारलाई जिताउन कम्मर कसेका छन् । आफ्ना सभापतिका उम्मेद्धार रामचन्द्र पौडेल र महामन्त्रीका उम्मेद्धार सशांक कोइरालालाई जिताउन उनले शनिवार राजधानीभित्र महाधिबेशन प्रतिनिधिहरुसँग छलफल गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

माहामंत्रीमा शशान्क को बिकल्प छैन


योगेन्द्र गौतम
12735944_1021829527891459_1160412295_nतपाइ हाम्रो बिचार एक ठाउमा ठिक हो तर भुत र बर्तमान लाइ साक्षी मान्दै बिरासतका ’boutमा बिश्लेषण गर्नै पर्छ । हिज बि पी ले काङ्ग्रेसमा प्रजातन्त्रको ब्रिज्यारोपण गरेका थिए । प्रजातन्त्रको स्वच्छतालाइ आधार स्तम्भ बनाएर राणा शासनको अन्त्य संगै प्रजातन्त्रको मेरुडण्डलाइ स्वछन्दतामा स्थापित गरी समाजिक पुनर्संरचना हेतु समाजबादको रुख रोपेका थिए । समाजबादको रुखले प्रजातन्त्रलाई मजाबुत बनाउदै नेपाली काङ्ग्रेसलाई अथाशक्ति प्राप्त भयो । जन जनका आत्म सारथी बन्दै अगाडी बढयो काङ्ग्रेस । पढ्नेक्रम जारी राख्नुहोस्