देउवाको टिम टुंगो लाग्यो, कोषाध्यक्षमा चित्रलेखा


deuba-team१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलका दुई पदाधिकारी उम्मेदवारको टुंगो लगाएका छन् । उनले आफ्नो टीमको औपचारिक घोषणा भने बिहिबार मात्र गर्नेछन् । देउवाको टिमबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार हुने पक्का भएको छ । केसीले मंगलबार आफैंले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । लामो समयसम्म संस्थापन समूहमा रहेका केसी यो पटक देउवा समूहका उम्मेदवार बनेका हुन् ।

कोषध्यक्षमा भने देउवा पक्षले चित्रलेखा यादवलाई नै दोहोर्‍याउने भएको छ । १२औं महाधिवेशनमा देउवा समूहको सभापति र महामन्त्री पराजित हुँदा पनि कोषाध्यक्ष यादव विजयी भएकी थिइन् । यादवको लोकपि्रयता घटेको भन्दै बैकल्पिक उम्मेदवारका रुपमा पुष्पा भुसाल र बालकृष्ण खाँडको नाम आएको थियो । तर, देउवाले यादवलाई नै आफ्नो टीममा राखेका छन् ।

स्रोतका अनुसार खाँडलाई मनोनित सहमहामन्त्रीको आश्वासन दिइएको छ । अघिल्लोपटक सहमहामन्त्री भएका पूर्णबहादुर खड्का यो पटक महामन्त्रीका आकांक्षी थिए । तर, संस्थापन समूहबाट केसी आएपछि उनी फेरि सहमहामन्त्रीमै रोकिएका छन् । खुबबहादुरले कोषाध्यक्षमा पुष्पा भुसाललाई अघि सारेका थिए । तर, देउवाले समर्थन नगरेपछि खड्का पछि हटेका छन् ।

खड्कालाई उपसभापतिको आश्वासन

देउवाले खड्कालाई आफू सभापति भएमा उपसभापति मनोनित गर्ने आश्वासन दिएका छन् । अघिल्लो पटक महामन्त्री उठेका विमलेन्द्र निधिलाई यसपटक मनोनित महामन्त्रीको अफर गरिएको छ र उनी सहमत भएका छन् । सुरुमा उनले निर्वाचित महामन्त्री लड्न चाहेका थिए । तर, सुशील सरकारमा मन्त्री हुँदा उनको लोकपि्रयता घटेको छ । संस्थापनबाट केसीलाई ल्याइएकाले उनले मनोनित महामन्त्री हुने सुरक्षित बाटो रोजे ।

मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अहिलेलाई उधारो हुनेछ । देउवा सभापति जितेमा मात्र यो पद नेताहरुले पाउने छन् ।
(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.