बि पी को नजरमा भारतीय समाज भन्दा नेपाली समाज नै परिबर्तनकारी


योगेन्द्र गौतम
12735944_1021829527891459_1160412295_nसमय कती महत्वपूर्ण हुन्छ । समयानुसार चल्नु मानिसको सफलता पनि हो । समय कसैको बन्धनमा रहदैन । समय स्वतन्त्र हुन्छ । समय ले कैयो क्रान्तिकारी माहामानबहरुको जन्म गरेको छ । समयको महत्वलाइ माहामानबहरुले सहि उपयोग गरेर मानिसको गलत प्रबृतिको अन्त गरेका छन ।नेपाल र भारतको ’boutमा हेर्नी हो भने समयले माहा पुरुष माहात्मा गांधी, बि पी कोइराला र जवाहार लाल नेहरु जस्ता जननायकको जन्म गरायो । गांधी र नेहरु ले भारत ब्रिटिश साम्राज्यको पंजाबाट मुक्त बनाए भने बि पी कोइरालाले राणा शासन को अत्याचार बाट नेपाली जनतालाइ मुक्ति दिलाए ।

सत्यको मार्ग कैलै नछोडने , निरंकुश प्रबृति संग कैलै नझुक्ने जनतालाइ मालिक ठान्ने र आफुलाइ जनताको सेवक ठान्ने माहा पुरुष जननायक बि पी कोइराला राजनीतिक क्षेत्र मात्र होइन साहित्यको क्षेत्रमा समयानुसार चल्न सक्ने ब्याक्तित्व इतिहासले दर्शाउछ ।

क्रान्ति नै जिवन र शान्तिः नै समाजिक मार्गदर्शन का धनी स्वर्गीय बि पी कोइराला आज हामी बिच नरहे पनि वाहाले दिएर गएको प्रजातांत्रिक समाजबाद त छ तर सस्थागत हुन सकेको छैन ।

भारत स्वतन्त्र भयो संसदीय प्रजातन्त्र पश्चात आर्थिक विकासको गति लियो र संसारमा एउटा शक्तिको रुपमा उभिन सफल भयो । तर नेपाल प्राकृतिक संपदाको धनी र ब्राजील पश्चात जलको धनी देश आंतरिक कलहका कारण झनै गरिब बन्दै गयो ।

जननायक बि पी कोइरालाले लिएका आर्थिक, समाजिक र राजनीतिक नितिलाई कोइराला पश्चात राजतंत्र , पंचायत र राजनीतिक दलहरुले सकरात्मक रुपमा उपयोग गरेको भए आज नेपाल बिदेसीको साहारा लिनु प्रने आवश्यकता थिएन ।

२०३३ सालमा बि पी कोइराला ले लिनु भएको मेलमिलापको निति आज बिश्वमा नै सांधर्बिक बन्दै गएको छ ।

बर्तमान नेपाली कांग्रेस एवं नेपालको राजनीति बि पी को बिचार भन्दा फरक देखिन्छ । बि पी ले रोपेको प्रजातन्त्रलाइ छोडेर नेपाली कांग्रेस लोकतंत्रमा तब्दील भएको छ । सामाबेशी सामाजिकरणको बिकाश गर्दै नेपाली जनतालाई बिकाश उन्नति र समृद्धि तर्फ अगि बढाउन पर्छ भन्ने बि पी को बिचार बर्तमानमा तुहिएको देखिन्छ यो मुलुककोलागि राम्रो होइन ।

भारतीय समाज भन्दा नेपाली समाज धेरै गुणात्मक र परिवर्तनकारी छ भारत देश धनी रहेपनि ३०% प्रतिशत भारतीय जनता गरीबीमा छन भने नेपाल देश गरिब रहपनि ९०% नेपाली जनता आफ्नो बास गास र कपासकोलागी सक्षम छन यो जननायक बि पी कोइरालाको भनाइ आज पनि सत्यता दर्शाउछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.