Monthly Archives: फ्रेवुअरी 2016

किरात याक्थुङ चुम्लुङ कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी पूरा


सुरेश गुरुङ,कुबेत

12765770_962430620479054_676282400_o२८ फेब्रुअरी, कुवेत- किराँत याक्थुङ चुम्लुङ,कुबेत को आफ्नो तेश्रो वार्षिक उत्सब आउदो मार्च ४ तारिक को लागि सम्पूर्ण तयारी पूरा । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीद्वारा नेपालीको हत्या : पीडित परिवारले माफी दिन मानेन


होम कार्की, दोहा (कतार)
फाल्गुन १५, २०७२- पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ । लम्खीदेउराली—५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा–३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

देउवा टीमको उपसभापति र कोषध्यक्षमा खुमबहादुरको दाबी


पौडेलसँग पनि वार्ता, कोषाध्यक्षमा यादवको सिफारिस
Khum-Bahadur-Khadka१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको खमबहादुर खड्का समूहले शेरबहादुर देउवाको टीममा उपसभापति र कोषध्यक्ष दाबी गरेको छ । यससँगै देउवाको टीम घोषणा केही दिनलाई रोकिएको छ । देउवा समूहबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुँदैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै नेतृ जमिला मियाले नेपाली कांग्रेस केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ।


कर्ण बहादुर अधिकारी,नुवाकोट
12788187_1027610527313359_1363176606_nनेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको केन्द्रिय तहका सभापति देखि केन्द्रिय सदस्य सम्मका पदहरूका लागि उमेदवारी दिने ’bout गर्मा गर्मी बहस चलि रहेको अबस्थामा लामो समय देखि नेपाली कांग्रेससंग आबद्ध भई नेपाली कांग्रेस पार्टीले देश र जनताका हितका लागि गरेको आमुल परिवर्तनकारी आन्दोलनमा सरिक भई नेपाली जनताको सुख दु:खमा सहकार्य गर्दै आउनु भएकी नेपाली कांग्रेस पाल्पाका महिला नेतृ जमिला मियाले आसन्न तेह्रौ माहाधिवेशनमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै(मुस्लिम कोटाबाट) केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट र को-पाइलटको मृत्यु


Santosh-Rana१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्

Braking News: फेरि अर्को विमान सम्पर्क विहिन


नेपालगञ्ज वाट जुम्लाको लागी उडेका काष्ठमण्डप एयर 9NJB को विमान कालीकोटको चिल्खाय भन्ने ठाँउबाट सम्पर्क विहिन भएको छ । विमानमा एक चालक सहित ९ जना सवार थिए । वृस्तृत विवरण आउन बाकिँ छ ।(news24)

अमेरिकामा नेपाली पोशाकलाई भन्सार छुट


गोकर्ण अवस्थी, काठमाडौं

25022016083416garments-1000x0फाल्गुन १३, २०७२- नेपाली तयारी पोशाकलाई भन्साररहित पहुँच दिनेसम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन । एक महिनापछि उक्त ऐन कार्यान्वयनमा आउने छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोसेली समुहले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


जय आले, कुवेत

01२३ फेब्रुअरी २०१६ । कुवेतमा आगामी ४ मार्च २०१६ शुक्रबारका दिन कोशेली समुहले मेट्रो मेडिकल केयर(अस्पताल)सँग सहकार्य गर्दै १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्