चीनको स्वशासित क्षेत्र मकाउमा तामाङ घेदुङ संघ मकाउ स्थापना..


कर्ण बहादुर अधिकारी, मकाउ
1बैदेशीक रोजगारको शीलशीलामा बिदेशी भूमि मकाउमा कार्यरत रहेका र ब्यापार ब्यवसाय गरी बसेका तामाङहरुको सकृयतामा तामाङ हकहित र अधिकारको सुनिश्चित गर्नका निमित्त एवं तामाङ संस्कार, संस्कृति रीतिरिवाज र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यका साथ “तामाङ घेदुङ संघ मकाउ” को औपचारिक रुपमा मिति २०१६/२/२८ तारीक आईतबारको दिन मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेण्टमा प्रमुख अतिथि तामाङ घेदुङ संघ हङ्कङका अध्यक्ष श्री प्रेम लामा र अतिथि तामाङ् घेदुङ संघ हङकङका सल्लाहकार बिष्णु तामाङको उपस्थितिमा गठन गरिएको छ।

माघ २८ गते लोहसार मनाउने क्रममा दोर्जे तामाङको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो र त्यहि तदर्थ समितिलाई नै बैधानिकता दिएर तामाङ घेदुङ संघ मकाउ गठन गरिएको हो।तामाङ घेदुङ संघ मकाउमा स्थापना भए पछि तामाङ समुदायको हितका लागि मात्र नभई मकाउमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरूको पीर मर्का ’bout बुझी सहयोग दिनु परेको खण्डमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने छौ र मकाउमा रहेका नेपाली संघ संस्थाहरू साथै तामाङ घेदुङ संघ हङ्कङसंग र नेपाल घेदुङ संघसंग पनि सहकार्य गरी अगाडी बढ्ने छौ भनी तामाङ घेदुङ संघ मकाउका अध्यक्ष दोर्जे तामाङले मन्तव्य राख्नु भयो।कार्यक्रममा प्रमुख अतिथिले तामाङ घेदुङ संघको ’boutमा चर्चा परिचर्चा गर्नु भएको थियो।2

तामाङ घेदुङ संघ मकाउका कार्य समितिमा १७ जना कार्य समितिका पदाधिकारीहरू,तीन जना संरक्षक र चार जना सल्लाहकार रहेका छन।तामाङ घेदुङ संघ मकाउको पदाधिकारीहरूको नामावली यस प्रकार छन्:-

अध्यक्ष दोर्जे तामाङ,उपाध्यक्षहरू सुरेन्द्र तामाङ ,राजु तामाङ र बिजय लामा माहासचिब खेम बहादुर तामाङ,सचिब शुक्र लामा,कोषाध्यक्ष रोजन लामा,सदस्यहरू कल बहादुर लोप्चन,अर्जुन कुमार तामाङ,रुप बहादुर तामाङ,धन किशोर तामाङ,राजिब लामा,गजेन्द्र बहादुर तामांग,राम कुमार तामाङ,फुल बहादुर तामाङ,शुश्री शान्ति लामा,मनोज कुमार तामाङ,संरक्षकहरू हेम बहादुर तामाङ्,सिंङग बहादुर तामाङ,दिपक थोकर तामाङ,सल्लाकारहरू राजेश लामा,मिन बाहादुर लामा,लाल बाहादुर तामाङ,कृष्ण बहादुर तामाङ रहेका छन।3

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.