अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले गायन प्रतियोगिता आगामी मार्च ११ तारीख गर्ने


हाम्रो संचार संवाददाता

1521911_194244777448851_939932587_n-2-328x300२८ फेब्रुअरी-कुबेत मा रहेका प्रतिभावा कलाकारहरुको गायन खोजी प्रतीयोगिता ४ गर्ने भनिएको कार्यक्रम समय अभाबका कारण एक हप्ता पछि मार्च ११ तारीख शुक्रबार गर्ने भएको छ।”नेपाली कला संस्कृतिको संरक्षण गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं” भन्ने मुल नाराका साथ अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले आयोजना गर्न लागि रहेको कार्यक्रम लाई तिन चरणमा हुने कार्यक्रममा गला र कला भएका प्रतिस्पर्धीले गायनमा लोकगीत, आधुनिक तथा आफ्नो रोजाईका कुनै बिधामा आफ्नो कला प्रस्तुत गर्न पाउने समाजका महासचिब अनिल रसाइलीले बताएका छन |
प्रतियोगितामा भाग लिने ब्यक्तिले ५ केडी दस्तूर तिरी फारम भरी भाग लिन पाउने ब्यबस्था छ भने कुवेतमा एल्बम बिमोचन गराईसकेका वा निकालीसकेका ब्यक्तिले प्रतीयोगितामा भाग लीन नपाउने भएका छन | भाग लिने ब्यक्तिले दस्तूर तिरेर कुवेतका नेपाली होटलहरु मालियाको चौतारी रेस्टुरेंट, फाहिलको फेमिली भान्छा घर, जिलिपको हिमालय नेपाली रेस्टुरेंट, मुर्गाफको सोल्टी रेस्टुरेंट, फर्वानियाको सनराइज होटलमा पूगी फारम लीन सकिने छ भने, हावालीमा राजू थापा लगायत सम्बंधित ब्यक्तिहरुसग सम्पर्क गरी फारम भर्न सकिने छ | प्रतियोगिता हुने स्थानको ’boutमा छिट्टै टुंगो लगाईं जानकारी गराइने आयोजकले जनाएको छ |

प्रतियोगितामा भाग लिने ब्यक्तिले निम्न ब्यक्तिहरू सग सम्पर्क गर्न सक्नेछन |

अनिल रसाइली– ६६२६६७२४

सागर खडका- ६०४०५५०५

गोबिन्द बराल– ६५०६५३७९

कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु, कलाकार लगायत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सो कार्यक्रम संपन्न गर्न सहयोग गरीदिनु हुन आयोजकले अनुरोध गरेको छ भने कुवेतमा रहेका सम्पूर्ण कलाकार, गायनमा रूचि भएका र कोही लुकेर बसेका प्रतिभाहरु भए कार्यक्रममा सहभागी हुन पनी समाजले अनुरोध गरेको छ |

गायन प्रतियोगिता सम्बन्धी नियमहरु यसप्रकार छन |

१. प्रतियोगीले गाउने गीत नेपाली भाषामा हुनुपर्नेछ।

२. गायन एकल हुनुपर्नेछ।

३. प्रतियोगीले आधुनिक र लोक गरि दूई ओटा गीतहरु गाउनुपर्नेछ।

४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत गर्न बढिमा ३ मिनेट समय प्रदान गरिनेछ।

५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन। तर लोक गीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।

६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीतको बोल आफैले छनौट गर्नुपर्नेछ ।

७. कम्तिमा १३ वर्ष पूरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।

८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भागलिन पाइनेछ तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।

९. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा अन्य) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागि आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ ।

१०. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि दरखास्त दिनुपर्नेछ ।

११. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत नगद ५ केडी बुझाउनुपर्नेछ ।

१२. प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।

१३. सहभागिताको लागि निवेदन दिने अन्तिम मिति मार्च 4, 2016) सम्म हुनेछ ।

१४. प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।

१५. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।

१६. कुवेतमा एल्बम बिमोचन गराईसकेका वा निकालीसकेका ब्यक्तिले प्रतीयोगितामा भाग लीन नपाउने |

१७. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मूल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिनेछ ।

१८. प्रतियोगितामा प्रथम हुने कलाकारलाई ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार २०१६’ दोश्रो हुने कलाकारलाई ‘इनास कुवेत नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१६ ‘ र तेश्रो हुने कलाकारलाई ‘इनास नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१६ ‘ को विशेष उपाधि, नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।

१९. प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

Sorch:hamrosanchar.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.