Daily Archives: 28/02/2016

अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले गायन प्रतियोगिता आगामी मार्च ११ तारीख गर्ने


हाम्रो संचार संवाददाता

1521911_194244777448851_939932587_n-2-328x300२८ फेब्रुअरी-कुबेत मा रहेका प्रतिभावा कलाकारहरुको गायन खोजी प्रतीयोगिता ४ गर्ने भनिएको कार्यक्रम समय अभाबका कारण एक हप्ता पछि मार्च ११ तारीख शुक्रबार गर्ने भएको छ।”नेपाली कला संस्कृतिको संरक्षण गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं” भन्ने मुल नाराका साथ अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले आयोजना गर्न लागि रहेको कार्यक्रम लाई तिन चरणमा हुने कार्यक्रममा गला र कला भएका प्रतिस्पर्धीले गायनमा लोकगीत, आधुनिक तथा आफ्नो रोजाईका कुनै बिधामा आफ्नो कला प्रस्तुत गर्न पाउने समाजका महासचिब अनिल रसाइलीले बताएका छन | पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्र सेवक प्रहरी जवानमा मानवीय भावना नहुँदा….


कर्ण बहादुर अधिकारी,मकाउ
12421271_1026220930785652_330121886_nभारत द्वारा लगाईएको अघोषित नाकाबन्दीको मार खेप्दै आई रहेको नेपाली जनता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुनु केहि समय अगाडी नै लगभग सकिए जस्तै भए पनि अझै नेपाली जनताले सहज र सरल तरिकाबाट उपभोग्य सामानहरू पाउन सकेको छैन।कालो बजारीको सरकारले अन्त्य गर्न सकेको छैन।उपभोग्य सामन मध्य पनि इन्धन पाउन झनै मुस्किल छ।बिराटनगर भन्सार,भैरहवा भन्सारबाट इन्धन नेपाल भित्री रहदा पनि अझै नेपाली जनताको पहुँच सम्म नपुग्नु एकदमै दुखको कुरा हो।यसै सेरोफेरोमा मिति २०७२/११/१४ गते शुक्रबारको दिन पेट्रोल लिन लाईनमा बस्दा नेपाल प्रहरी जवानबाट नेपाली चेलीवेटी माथि गरीएको अमानवीय ब्यबहारको उजगार गर्ने जमर्को गरेको छु। पढ्नेक्रम जारी राख्नुहोस्

मानव तस्कर गिरोह दिल्लीमा पक्राउ, ११ युवतीको उद्धार


देवेन्द्र भट्टराई, नयाँदिल्ली
280220160747482.Rescued-Girl-at-Embessy-1000x0फाल्गुन १६, २०७२- दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ‘ट्रान्जिट’ भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मुख्य दुई एजेन्ट पक्राउ परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी पूरा


सुरेश गुरुङ,कुबेत

12765770_962430620479054_676282400_o२८ फेब्रुअरी, कुवेत- किराँत याक्थुङ चुम्लुङ,कुबेत को आफ्नो तेश्रो वार्षिक उत्सब आउदो मार्च ४ तारिक को लागि सम्पूर्ण तयारी पूरा । पढ्नेक्रम जारी राख्नुहोस्