नेपालीद्वारा नेपालीको हत्या : पीडित परिवारले माफी दिन मानेन


होम कार्की, दोहा (कतार)
फाल्गुन १५, २०७२- पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ । लम्खीदेउराली—५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा–३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।

कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । कामीको सामान लिएर कुश्मेलीको उनको घर पुगेका थिए । फर्किएर आएपछि मनमुटाव भएको झोंकमा आवेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गरेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।

साउदीस्थित नेपाली दूताबासले घटनाको गम्भीरता हेरि पीडक र पीडित पक्षबीच विवाद मिलाएर माफी दिएको पत्र पठाइदिन पहल गर्दै आएको थियो । ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धीत निकायमार्फत् धेरैपटक प्रयास गरिरहेका थियौं तर पीडित पक्ष माफी दिने पक्षमा देखिएन,’ साउदीका लागि कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कान्तिपुरलाई भने ।

दूताबासले यस’bout परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । ‘पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सकिदैन,’ उनले भने, ‘यसअघि एक नेपाली युवतीलाई पनि बचाउन दुवै देशका सरकारले प्रयास गरेको हो । पीडित पक्ष माफी दिने पक्षमा नभएपछि मृत्युदण्डको फैसलालाई कार्यन्वयन गरिएको थियो ।’

मृत्युदण्डको सजाय पाएका कामीले आफुलाई बचाइदिन अपिल गरेका छन् । ‘मबाट ठूलो गल्ती हुन गयो,’ दूताबासका प्रतिनिधिसमक्ष उनले भनेका छन्, ‘मैले पश्चाताप गरिरहेको छु । मलाई माफी दिन पीडित परिवारलाई अनुरोध गर्दछु ।’

‘उसैको कोसेली पुर्‍याउन घर गइदिनुछ । फेरि उसैबाट मारिएको छ,’ पीडित परिवारको भनाई उद्धत गर्दै दूताबासका एक अधिकारीले भने, ‘हामी कसरी माफी दिन सक्छौं ?’

(कान्तिपुर)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.