Daily Archives: 27/02/2016

नेपालीद्वारा नेपालीको हत्या : पीडित परिवारले माफी दिन मानेन


होम कार्की, दोहा (कतार)
फाल्गुन १५, २०७२- पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ । लम्खीदेउराली—५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा–३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

देउवा टीमको उपसभापति र कोषध्यक्षमा खुमबहादुरको दाबी


पौडेलसँग पनि वार्ता, कोषाध्यक्षमा यादवको सिफारिस
Khum-Bahadur-Khadka१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको खमबहादुर खड्का समूहले शेरबहादुर देउवाको टीममा उपसभापति र कोषध्यक्ष दाबी गरेको छ । यससँगै देउवाको टीम घोषणा केही दिनलाई रोकिएको छ । देउवा समूहबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुँदैछन् । पढ्नेक्रम जारी राख्नुहोस्