५५ देशबाट चकलेट फिर्ता !


mars_snickersवासिंटन, चकलेट निर्माणकर्ता कम्पनी ‘मार्स’ ले ५५ देशबाट आफ्नो चकलेट फिर्ता लिदैंछ । यो कम्पनीले विश्व चकलेट बजारमा आफ्नो प्रभाव जमाउँदै आएको छ । समाचार एजेन्सीहरुका अनुसार जर्मनीका एक व्यक्तिले मार्सको ‘स्नीकर बार’ चकलेटमा प्लास्टिकको अंश पाएको गुनासो गरेपछि कम्पनीले यस्तो निर्णय लिएको हो । ती व्यक्तिले गत महिना कम्पनी समक्ष गुनासो गरेको बताइएको छ ।
छानविनपछि उक्त कम्पनीको नेदरल्याण्डस्थित प्लान्टमा उत्पादन भएको चकलेटमा कैफियत पाइएको हो । त्यसैले उक्त प्लान्टमा उत्पादन भई बजारमा पुगेका चकलेटहरु कम्पनीले फिर्ता लिन लागेको हो ।
कम्पनीका प्रवक्ताले भने, ‘हामी ती उत्पादनलाई मात्र फिर्ता लिदैंछौं, जो नेदरल्याण्डको प्लान्टमा उत्पादन गरिएको थियो ।’
चकलेट फिर्ता लिइने मुलुकमध्ये अधिकांश युरोपेली रहेको बताइएको छ । फिर्ता लिइने चकलेटको परिमाण वा मूल्यका ’boutमा कम्पनीले केही बताएको छैन । यद्यपि सावधानी अपनाउनका लागि चकलेट फिर्ता लिन लागेको उसले जनाएको छ । (एजेन्सी)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.