कोसेली समुहले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


जय आले, कुवेत

01२३ फेब्रुअरी २०१६ । कुवेतमा आगामी ४ मार्च २०१६ शुक्रबारका दिन कोशेली समुहले मेट्रो मेडिकल केयर(अस्पताल)सँग सहकार्य गर्दै १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका नेपालीहरुलाई प्रतक्ष्य लाभ पुग्नेगरी सञ्चालन गरिन लागेको शिविरमा कोसेली समुहले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थित भएर मौकाको फाईदा उठाउन आव्हान गरेको छ ।

बिगत लामो समयदेखी नेपालकुवेत डट कम अनलाईन तथा मरुभुमीको कोशेली छापा पत्रिका सञ्चालन गर्दै नेपाली समुदायलाई सु-सुचित गर्दै आएको कोशेली समुहले पत्रकारिताको अलावा कोशेली अवार्ड, तिज बिशेष साँस्कृतिक प्रस्तुति जस्ता सामाजिक तथा मनोञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको थियो भने यसपाली मानवीय जीबनमा प्रतक्ष्य प्रभाव पार्ने एउटा रचनात्मक कार्य ‘स्वास्थ्य शिविर नि:शुल्क’ सञ्चालन गर्ने भएको कोसेलीका महासचिव अर्जुन बहादुर बस्नेतले कुवेतनेपाल डट कमलाई बताए ।

Kosheli-side barकुवेतको चर्चित मेडिकल फर्मा(अस्पताल) मेट्रो मेडिकल केयर, फरवानियासँग सहकार्य गर्दै सञ्चालन गरिने शिविर एक दिने रहने छ ।

कुवेतमा केही बर्ष पहिला नेपाली राजदूतावासले यसतै सामाजिक कार्य युथ इन्डिया कुवेत र अल राहमा मेडिकलसँग सहकार्य गरेर सम्पन्न गरेको थियो भने प्रायजसो नेपाली सँघ-संस्थाहरुले दूतावासलाई सहयोग गरेका थिए ।

कोसेलीले जानकारी दिए अनुसार रगत परिक्षण, कोलेष्ट्रोल, सुगर, प्रेसर तथा स्त्रीरोग लगायतको जाँच उक्त शिबिरमा गरिने छ भने परिक्षणमा गम्भिर समस्या देखिएमा १० दिन निःशुल्क हेरबिचार गरिने छ । शिविर बिहान ०७.०० बजेदेखी दिनको ०३.०० बजेसम्म सञ्चालन हुनेछ । कोलेष्ट्रोल र सुगर जस्ता बिमारीहरुको चेक अपका लागि खाली पेट हुनु पर्नेछ ।

कुवेतमा केही महिना पहिला मात्र उद्घाट्न भएको यो अस्पताल मेट्रो मेडिकल केयर फरवानियास्थित क्राउन प्लाजा होटलको पारीपट्टि मिष्टर बकर हबिव मुनाब स्ट्रीटमा रहेको छ । स्वास्थ्य शिविर संचालनको लागि कुवेतमा कृयाशिल नेपाली संस्था दलित एकता संजाल र झापाली समाज कुवेतले बिशेष सहयोग गर्ने पनि जानकारी दिईएको छ ।

कोसेली समुहले उक्त स्वास्थ्य शिविर सम्पन्न पार्न नेपाली दुताबास, कुवेतका नेपाली सँघ-संस्था, बुद्धिजिवी, पत्रकार, कलाकार, खेलाडी लगायत सर्वसाधारण सबैमा सहयोग र सहकार्यको अपेक्षा सहित उपस्थितिको हार्दिक अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.