सुरेश गुरुङ,कुबेत
२३ फेब्रुवरी कुबेत आगामी मार्च ४ तारीख कोसेली ग्रुप र मेट्रो मेडिकल केयर,ले मानविय कार्य “एक दिने नि:शुल्क स्वास्थ्य शिविर” सन्चालन हुने भएको छ।
मेट्रो मेडिकल केयर र कोसेली समुहले संयुक्त रुपमा सेवा सञ्चालन गरेको शिविरमा सुगर र वजन,प्रेसर, रक्त परिक्षण, तथा मुटुको परिक्षण, महिला बिशेषज्ञ डाक्टरहरु द्धारा स्त्रीरोगको परिक्षण लगायत बिभिन्न रोगको जाँच गरिने आयोजकले बताएको छ। आफ्नो स्वास्थ्य जाँच गराई मौकाको फाइदा उठाउनु हुन कोसेली समुह कुवेतको नेपाली समाजमा रहेका सर्वसाधारण सबैमा हार्दिक आह्वान गर्दछ । शिबिरको समय बिहान सात बजेदेखी दिनको तीन बजे सम्म तोकिएको छ । कोलेस्ट्रोल, सुगर जस्ता बिमारीहरुको लागि खाली पेट हुनु पर्ने छ ।
निशुल्क स्वास्थ्य शिविरमा दलित एकता संजाल कुवेतले बिशेष सहयोगीको भूमिका निर्वाह गर्ने भएको छ भने प्रचार-प्रसार तथा बीरामी कोडीनेसनमा झापली समाज कुवेतले सहयोग गर्ने भएको छ |स्थान: मेट्रो मेडिकल केयर, फर्वानिया। (होटल क्राउन प्लाजा नजिकै मिष्टर हविव वकर मुनाब स्ट्रीट।)समय: बिहान ८ बजे देखी अपरान्ह ३ बजे सम्म। सम्पर्कको लगी– ६६०३६१२४, ६०७५६८३३, ६६९१७६६८, ६९०७५६७१, ६०६३७०४४, ६९९८६३९२,