कर्ण बहादुर अधिकारी, क्षेत्र नं २ नुवाकोट
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ को आयोजनामा नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री तथा संविधान पिता स्व.सुशील कोइरालाको पुण्य तिथिको अवसरमा २०७२/११/११ गते मंगलबारका दिन शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम दियालो पार्टी प्यालेसमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व अर्थमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.रामशरण महत,विशेष अतिथि नेपाली कांग्रेसका नेता अशोक कोईराला,अतिथीहरू युवा नेता बहादुर सिंह लामा ,यूवा नेता रमेश कुमार महत लगाएत राष्ट्र,राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नु हुने नुवाकोट बासी साथै अन्य जिल्लाका दाजुभाई तथा दिदि बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा.राम शरण महतले स्वर्गीय शुशिल कोईरालाले नेपालको राजनिति इतिहासमा दिनु भएको योगदानका ’boutमा दिल खोलेर चर्चा गर्नु भयो।स्वर्गीय कोईराला हामी सामु नरहे पनि उहाँले देश र जनताका हितका लागि दिनु भएको कार्यहरू कालजयी भई रहने छ र नेपाली कांग्रेस पार्टीले यो जटिल स्थितिमा सबै जना मिलेर अगाडी बढाएर लैजानु पर्छ भन्ने कुरामा जोड दिनु भयो।त्यस्तै बिशेष अतिथि र अतिथिहरूले पनि आआफ्नो तवरबाट मन्तव्य दिनु भयो।
यस शोक तथा श्रद्धाञ्जली सभामा उपस्थिति जनाई आफ्नो अमुल्य समय स्वर्गीय शुशिल कोईरालाको आत्माको चीर शान्तिका लागि समर्पित गरी दिनु भएकोमा समाजबाद प्रति आस्था राख्नु हुने सबैमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ हार्दिक आभार प्रकट गर्दछौ।
जय नेपाल।