नेपालको राजनिति कालखण्डमा रामचन्द्र पौडेल एकदमै परिचित नाम हुन। तनहुँ जिल्लामा जन्मिनु भएका पौडेल नेपाली कांग्रेस संसदीय दलका नेता एवं कार्यबाहक सभापति हुनु हुन्छ।बिद्यार्थी जीवन देखि नै नेपालको राजनितिमा होमिनु भएका पौडेल बीपी कोईरालाले प्रतिपादन गर्नु भएको समाजबादको एक अनुयायी हुनु हुन्छ।नेपालको हरेक राजनिति उथल पुथलको कालखण्डमा सहभागी भई प्रजातान्त्रिक आन्दोलनका नेता भनि आफुलाई चिनाउनु भएको छ।आफ्नो जीवनका स्वर्णीम कालखण्डमा १३ बर्ष सम्म निरङ्कुश पंचायति ब्यबस्थाका शाशकहरूले कठोर यातना दिएर जेल हालेका थिए।प्रति गमन बिरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।
पौडेल तनहूँ क्षेत्र नं १ बाट २०४८ सालको संसदीय चुनाबमा बिजय भए संगै २०५२/२०५६ सालको चुनावमा बिजय भएका थिए।त्यसै गरी २०७० सालको संबिधानसभा चुनावमा तनहूँ क्षेत्र नं २बाट पनि बिजयी हुनु हुन्छ।बिगतमा उपप्रधान मन्त्री एवं शान्ति तथा निर्माण मन्त्री भई बिभिन्न मन्त्रालय सम्हाली सक्नु भएको छ।नेपाली जनताले पाउनु पर्ने अधिकारका निमित्त स्वच्छ ह्रदयले लागि पर्नु हुने पौडेलले नेपालको राजनितिमा लगभग ५ दशकको हाराहारीमा आफ्नो स्वर्णीम समय पार्टी र जनताका लागि सुम्पि सक्नु भएको छ।सधै भरी जनता नै जनार्दन हुन भन्ने सोचाई राख्नु हुने पौडेल नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई प्रशिक्षण पनि दिदै आई रहनु भएको छ।
नेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पूर्व सन्ध्यामा पौडेललाई नै किन पार्टीको सभापति बनाउनु पर्छ भन्नेमा केहि तर्कपूर्ण तथ्यहरू यस प्रकार छन:-
१)नेपाली कांग्रेस पार्टी भित्र राष्ट्र,राष्ट्रियता,लोकतन्त्र र समाजबादलाई आत्मसाथ गर्दै नेपाली जनता माझ निष्ठाको राजनिति गर्ने ब्यक्ति हुन रामचन्द्र पौडेल।
२)देश र जनताको हितका लागि आफ्नो जीवनको ५ दशक समय नेपालको राजनिति इतिहासमा पार्टीलाई योगदान र समर्पित गर्ने ब्यक्ति हुन रामचन्द्र पौडेल।
३)नेपाली कांग्रेस पार्टी भित्रका स्वच्छ छबिका नेता हुन रामचन्द्र पौडेल।
४)पार्टीको अहिलेको जटिल परिस्थितिमा नेपाली कांग्रेस पार्टी भित्र बिगत लामो समय देखि जरा गाड्दै आई रहेको ६०/४० को प्रथालाई अन्त्य गराएर अगाडी बढाउन सक्ने ब्यक्ति हुन रामचन्द्र पौडेल।
५)बिगत लामो समय देखि पार्टीको गरिमामय पद उपसभापति र कार्य बाहक सभापति पद सम्हाल्दै आउनु भएका पौडेलसंग पार्टीलाई अहिलेको जटिल परिस्थितिसंग सामना गर्दै अगाडी बढाएर लैजान सक्ने खुवी भएका ब्यक्ति हुन रामचन्द्र पौडेल।
६)कार्यकर्ताको मनोभावना बुझ्न सक्ने र कुशल नेतृत्व गर्न सक्ने नेता मध्यका एक हुन रामचन्द्र पौडेल।
जसरी एउटा काच्चो फलामलाई आगोमा पोली पोली बिभिन्न आकारका औजारहरू तयार गरिन्छ त्यसरी नै राजनितिमा पनि खारिएर हण्डर खाएर अगाडी बढ्न सक्नु पर्दछ।उक्त भनाईमा झै रामचन्द्र पौडेल त्यस्तो ब्यक्तित्व हुनु हुन्छ जो काच्चो फलाम नभई फलामबाट बनेको कुशल औजार हो।त्यसैले यदि यस्तो ब्यक्तित्वलाई नेपाली कांग्रेस पार्टीले एक पटक सभापति पाएको खण्डमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्था राख्नेलाई राम्रो हुने छ।
(संस्थापक सचिव:कर्ण बहादुर अधिकारी ,नेपाली जनसम्पर्क समिति मकाउ)