खोटाङको हलेसीमा सुबिधासम्पन्न होटल सन्चालनमा


सुरेश गुरुङ, कुवेत
image-41पूर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसीमा सुबिधासम्पन्न होटल सन्चालनमा आएको खबर प्राप्त भएको छ। “हलेसी भिलेज” नामको उक्त होटल १ करोड ५० लाखको लगानीमा बनाईएको हो। खोटाङ उध्योग बाणिज्य संघका पूर्वाध्यक्षहरु रुद्र गिरी, खुसनारायण शैंजू वर्तमान अध्यक्ष राजेन्द्र लयालु र व्यवसायी जयराम गिरीको संयुक्त लगानीमा उक्त होटल सन्चालनमा गरिएको हो।
हलेसीमा सुबिधासम्पन्न होटलको आबस्यकतालाई मध्यनजर गरी प्रि-फ्याब प्यानलबाट बनेको उक्त होटल भूकम्प प्रतिरोधि रहेको लगानीकर्ता खुसनारायण शैंजूले बताएका छन्। ७ रोपनि जग्गा लिजमा लिएर सन्चालन गरिएको उक्त होटमा रेष्टुरेन्ट, सेमिनार हल, स्थानिय उत्पादनका बिक्री कक्ष पार्किङको व्याबस्था र १० वटा कटेजबाट सेवा सुरु गरिएको छ। २४ वटा कोठा रहेको उक्त होटलबाट एकै पटक ५० जना ग्राहकले सेवा लिन सक्ने छन्। उनले अगाडी थपे।
मध्य पहाडी लोकमार्गको दिक्तेल- जयराम खण्डमा पर्ने उक्त होटल हलेसी आउने पर्यटक र दर्शनार्थीहरुको सुबिधालाई ध्यानमा राखी सन्चालन गरिएको होटलमा एट्याच बाथरुम सहितको कोठा र १ सय ५० जना क्षमता भएको सेमिनार हल पनि रहेको छ। होटलमा स्थानिय उत्पादनहरु घंगरुको आकर्षक लट्ठीहरु, माटो, बाँस, काठबाट उत्पादन गरिएको बस्तुहरु, खाँडीका कपडाबाट बनाईएका बस्तुहरु लगायतका सामानहरु उपलब्ध हुने स्टलहरु पनि रहेको छ। हाल १५ जनालाई रोजगारी दिईरहेको हलेसी भिलेज होटलले बालाचतुर्दशी, शिवरात्रि,राम नवमी, हरितालीका तीज र बोलवम जस्ता पर्वहरुमा दर्शनार्थीहरुको चाप बढ्ने समयमा थप २० वटा टेण्ट राख्ने र थप ५० जनाले रोजगारी पाउने पनि सन्चालक शैंजुले बताएका छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.