फेरि सात युवती विमानस्थलबाटै बेपत्ता


शम्भु कट्टेल
TIA_272983198_643132996_243724679काठमाडौं: श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो।

विमानस्थलबाटै फरार हुनेमा लविन तामाङ, कमला तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिज्योक तामाङ, छिरिङ शेर्पा र कमला तामाङ छन्। उनीहरू दोलखा र सिन्धुपाल्चोकका बासिन्दा हुन्।

ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन। यसअघि अवैध रूपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमनलाई जबाफ दिएका थिए । विक फरार भएको ’bout अनुसन्धान गर्न अध्यागमन विभागले छानबिन समिति बनाएको छ।

ती सात युवती भगाउन कसको संलग्नता छ भन्ने’bout गृह मन्त्रालयले छानबिन थाल्न अध्यागमन विभागलाई निर्देशन दिएको स्रोतले बतायो । अध्यागमन कार्यालयलाई बुझाउन ल्याउँदै गर्दा उनीहरू फरार भएको दाबी इन्डियन एयरलाइन्सका कर्मचारीले गरे पनि ती युवतीलाई भगाउन सोही एयरलाइन्सका कर्मचारीको मिलोमतो रहेको स्रोतले बताएको छ । त्यस विषयमा विमानस्थल प्रहरी र अध्यागमन विभागले अनुसन्धान अघि बढाइसकेका छन्।

ती युवती फरार भएको र देखिएको सुरक्षा लापरबाही’bout शनिबार विमानस्थलमा बैठक पनि बसेको छ । बैठकमा गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख यादवप्रसाद कोइराला, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने, विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौला, विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो।

बैठकले ती युवती भगाउन मुख्य भूमिका एन्डियन एयरलाइन्सका कर्मचारीको रहेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको स्रोतले बतायो । इन्डियन एयरलाइन्सले पटकपटक युवती भगाउन थालेपछि उक्त एयरलाइन्सलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको हो।
ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो
कुनै पनि मुलुकका अध्यागमनले यात्रामा शंका लागेर फर्काएका यात्रुलाई सोही विमान कम्पनीले राहदानीसहित सम्बन्धित मुलुकको अध्यागमन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ । तर इन्डियन एयरलाइन्सले श्रीलंकाबाट फर्काइएका ७ युवतीका राहदानीमात्र अध्यागमन कार्यालयमा बुझाएको छ।

अध्यागमन विभागका महानिर्देशक न्यौपानेले अन्नपूर्णसँग भने, ‘सात युवती भागेका हुन् वा भगाइएका हुन्, त्यस’bout अनुसन्धान भइरहेको छ।’ न्यौपानेले इन्डियन एयरलाइन्सका कर्मचारीलाई समेत छानबिनको दायरामा ल्याएर सोधपुछ गर्ने बताए।श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जाने प्रयासस्वरूप उनीहरू त्यसतर्फ गएको हुनसक्ने स्रोतले बतायो । नेपाल सरकारले घरेलु कामदारका लागि कुवेत जान कडाइ गरेपछि विभिन्न दलालमार्फत अवैध ढंगले कुवेत जाने क्रम बढिरहेको छ।

बिनाप्रयोजन श्रीलंका छिर्न लागेका नेपाली युवतीको यात्रा शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले फर्काएको थियो। इन्डियन एयरलाइन्सबाट श्रीलंका गएका उनीहरूलाई त्यहाँको अध्यागमनले सोही जहाजबाट फर्काए पनि उक्त एयरलाइन्सका कर्मचारीले त्रिभुवन विमानस्थलस्थित अध्यागमनलाई बुझाएनन्।

विमानस्थल अध्यागमन कार्यालयले युवतीहरूबिना राहदानी नबुझ्ने अडान लिएपछि विमानस्थल प्रहरीको रोहबरमा अध्यागमन कार्यालयले राहदानी जिम्मा लिएको थियो। एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयमा बुझाउन ल्याउँदै गर्दा सातैजना युवती भागेको हास्यास्पद जबाफ दिएका छन्।(अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.