ओलीले पहिलोपटक उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर


Kp-oli-And-Modi-1सन् १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव
काठमाडौं, ९ फागुन । ६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।
नेपाल–भारतबीचको द्विपक्षिय वार्ता
ओलीले विवादित विषय उठाएपछि भारत गम्भीर बनेको छ । यद्यपी भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएको रिमालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा भारतीय पक्षबाट पनि आफ्ना कुरा प्रष्ट रुपमा आएका छन् । दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिको समुहमा लैजाने विषयमा छलफल भएको छ । अब यो मुद्दा अगाडि बढ्छ ।’
१९५० को सन्धिको पुनरावलोकन गर्न भारतीय पक्षले आफूहरु तयार रहेको भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेको रिमालको भनाई छ । राजकीय सम्मानका साथ भारतको भ्रमणका गएका ओली असमान सन्धि भएको ६५ वर्षपछि पुनरावलोकन मुद्दा उठाउने पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।
यसैगरी द्विपक्षिय वार्तामा भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्याको विषयमा पनि छलफल भएको छ । अन्य समस्याहरुमा पनि ओलीले मोदीको ध्यानाकर्षण गराउनुभएको प्रमुख सल्लाहकार रिमालले बताउनुभयो ।(दैनिक नेपाल )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.