भारतले बल्ल गर्‍यो संविधानको स्वागत


चन्द्रशेखर अधिकारी, काठमाडौं
संविधान आउनु महत्वपूर्ण सफलताः मोदी
भारतसँगको असमझदारी अन्त्यः ओली
20022016124300oli-in-hyderabad-house-1000x0फाल्गुन ८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको बताएका छन् । उनले नेपालको संविधानको प्रशंसा गर्दै भने, ‘पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको छ ।’

संविधान जारी भएपछि नेपालले भारतीय नाकाबन्दी खेप्नु परेको थियो । नेपालमा संविधान जारी भएपछि त्यसलाई स्वागत नगरी संविधान जारी भएको ’bout जानकारी भएको मात्र विज्ञप्ती निकालेको थियो । सबैलाई समेट्न आग्रह गर्दै आएको भारतले अहिले पनि सबैलाई समेट्न भन्न छोडेको छैन ।
दिल्लीमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीसँगको वार्ता र दुई पक्षीय सम्झौतामा हस्ताक्षरपछि आफ्नो मनतव्यमा मोदीले भारतले लगाएको नाकाबन्दी र नेपाल भारत सम्वन्धको चिसोपनालाई कतै उल्लेख नगरी संविधानसँग जोडिएका सबै मुद्दालाई सन्तोषजनक निवारण गर्न आग्रह गरेका छन् ।
दुई देशबीच यसअघि नै अघि बढाउने भनिएका तर विविध कारणले ढिलाई भएका विभिन्न सातवटा सम्झौताको हस्ताक्षर पछि आयोजित पत्रकार समारोहमा मोदीले संविधान घोषणालाई महत्वपूर्ण सफलता समेत भनेका छन् । भारतले संविधान जारी गरेलगत्तै स्वागत गरेको थिएन तर तीन साता अघि संसोधन भए लगत्तै संसोधनको भनेे स्वागत गरेको थियो ।
सहमति र संवादमा नै संविधानको सफलता निर्भर रहने जानकारी उनले दिए । सोही सिद्धान्तको आधारमा राजनीतिक वार्तालापको माध्यमबाट सबै वर्गलाई साथ लिएर सरकार र ठूला दलहरु अघि बढ्नेमा समेत उनले जोड दिए । नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजकन निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजाने विश्वास भारतलाई रहेको बताए ।
दशकौको संघर्षपछि नेपालको संविधानको रचना र उसको घोषणा एक महत्वपूर्ण सफलता हो भन्दै मोदीले भने, ‘संविधान निर्माण समाजको सबै वर्गको योगदानको अभिनन्दन गर्न चाहन्छु ।’ मोदीले हिन्दीमा नै आफ्नो धारणा राखेका थिए । ओलीले अंग्रेजी भाषा प्रयोग गरेका थिए । मोदीको संवोधन लगत्तै ओलीले गरेको संवोधनमा पनि उनले भारतलाई चिढ्याउने प्रकारको शब्द प्रयोग गरेनन । उनले पनि नाकाबन्दीको कुनै शब्द निकालेनन । उनले नेपाल र भारत बीच केही महिना देखि रहेको असझदारी अन्त्य भएको उल्लेख गरे । भारतले नेपालको शान्ति प्रक्रिया र प्रजातन्त्रको सुदृढिकरणको लागि लगातार गरेको सहयोगको उनले प्रशंसा समेत गरे ।
नेपालको विकासमा भारतको साथ र सहयोग रहेको भन्दै अहिले भएका सम्झौताले धेरै काम अघि बढ्ने अवस्थामा रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै नेपाल संविधान जारी पछि आर्थिक विकास समृद्धितर्फ लम्केको पनि बताए ।
उनले भारतको द्रुत आर्थिक बृद्धिदरको पनि प्रशंसा गर्दै भारतको सहकार्यमा मिलेर अघि बढ्ने जानकारी दिए । उनले सीमाको सुरक्षाको विषयमा पनि एक अर्काको हित विपरीत प्रयोग हुन नदिने बताए ।
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.