आज प्रधानमन्त्री ओली र मोदीको भेट हुने


देवेन्द्र भट्टराई, नयाँदिल्ली
फाल्गुन ८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीको शनिबार बिहान १० बजे राष्ट्रपति भवनमा हुने एक कार्यक्रमबीच औपचारिक स्वागत हुनेछ । अाैपचारिक स्वागतसँगै अाजै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता समेत हुनेछ । त्यसपछि प्रधानमन्त्री ओली राजघाट स्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । राजघाटबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा नै ओलीसाग औपचारिक भेटवार्ता गर्न भारतीय विदेशमन्त्री सुषमा स्वराज पुग्नेछिन् ।
आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच हैदरावाद हाउसमा १२ बजे भेटवार्ता हुने छ । उक्त भेटघाटमा केही महत्वपूर्ण सम्झौताहरुमा समेत हस्ताक्षर हुन सक्ने बताइएको छ ।
यस्तै आजै प्रधानमन्त्री ओलीको भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीसाग भेट वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
आजै अबेर साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि ओलीको औपचारिक भेटवार्ता हुने छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.