अन्ततः मधेसी मोर्चालाई पेलेरै सरकारले गठन गऱ्यो राजनीतिक समिति, थापा संयोजक


kamal-thapa-1काठमाडौं, ६ फागुन । सरकारले मधेसको माग सम्बोधनका लागि ११ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनरत मधेसी मोर्चालाई पेलेरै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
यसअघि सिंहदरबारमा सीमांकन विवाद अध्ययन गरी सुझाव दिन राजनीतिक समिति गठन’bout तीन दल र मधेसी मोर्चा कार्यदलबीचको सहमति हुन सकेको थिए । सरकारको प्रस्ताव मोर्चाले मानेको थिएन् ।
मोर्चाले नमानेपछि पेलेरै सरकारले एकतर्फी रुपमा नै राजनीतिक समिति गठन गरेको हो । मधेसी मोर्चा सीमांकन विवाद’bout सुझाव दिन राजनीतिक समिति गठनका लागि यसअघि नै सहमत भइसकेको थियो । तर, समितिको कार्यविधिमा लामो समयदेखि विवाद रहेको थियो ।
भारत भ्रमण अघि नै राजनीतिक समिति गठन गर्न तीव्र दबाब परेपछि प्रधानमन्त्री ओलीले भ्रमणका जानु एक दिनअघि हतार हतार अपुरो समिति गठन गर्नुभएको हो ।
आज गठित समतिका अन्य सदस्य भने तोकिएको छैन । दलहरुको सहमतिका आधारमा समितिका सदस्यहरु तय गरिने प्रवक्ता राईले बताउनुभयो । संयन्त्रको कामकारवाही र क्षेत्राधिकार’bout केही खुलाइएको छैन ।(दैनिक नेपाल )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.