प्रधानमंत्री के पी शर्मा ओलीको आसन्न भारत भ्रमण …


योगेन्द्र गौतम 
12735944_1021829527891459_1160412295_nप्रधानमंत्री के पी शर्मा ओली को आसन्न भारत भ्रमण सकरात्मक र नकरात्मक दुबै तिरबाट हेर्न! थालिएको छ । नेपाल भारत असल छिमेकी राष्ट्र हुन यस्मा कुनै संका छैन । दक्षिण यसियामा आसिन यी दुबै देशका जनताको रितिरिवाज मा खासै फरक पाइदैन । नेपाल का कैयो युवाहरु भारतिय फौजमा छन । गोरखा रेजिमेन्ट को नाउले भारतिय आर्मीमा मात्र नेपालीलाइ भर्ति गरिन्छ । नेपाली बिर गोरखालीले आफनो इमान्दारिता पुर्बक भारतको रक्षा गरिरहेका छन । मित्र राष्ट्रका रुपमा नेपाल आफनो पुर्ण इमान्दारिता देखाएको छ भने भारत जैले पनी नेपाल माथी हावी हुन खोज्दछ ।नेपाल को आंतरिक मामिलामा हष्तक्षेप गरी आपसी भाइ भाइ लडाउने काम गरिरहेको छ । पैसट्ठी बर्ष देखी जनप्रतिनिधी बाट बन्न नसकेको थाती रहेको लोकतान्त्रिक संबिधान जन प्रतिनिधीको दुइतिहाइ बहुमतबाट घोषणा हुदा छिमेकी राष्ट्र को नाताले स्वागत गर्न सकेन । उल्टै मदेशी भनाउदा नेताहरुलाइ उचालेर नेपाल माथी अघोषित नाकाबंधी लगायो । पेट्रोल , ग्यास , मेडिसन , जस्ता अत्याआवश्यक बस्तु हरुको अभाब खेपनु परयो नेपाल ले । भारतको नेपाल प्रतिको निती सकरात्मक हुन सकेन । नेपाल माथी लगाएको नाकाबंधी का कारण भारत अंतराष्ट्रिय क्षेत्र बाट समेत आलोचित बन्दै गयो। तर पनी नेपाली जनता भारत समक्ष झुकेनन । उल्टै भारत नेपाल समक्ष झुक्न बाध्य भयो र अघोषित नाकाबंधी नाटकिय रुपमा हटायो ! पुर्ब प्रधानमंत्री एवं नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाको निधन पश्चात सर्दान्जली दिन भारतिय बिदेश मंत्री सुस्मा स्वराज को नेपाल आगमनमा प्रधानमंत्री ओली संग भेटले नेपाली राजनितीमा नया तरंग ल्याएको छ ! प्रशंग प्रधानमंत्री को भारत भ्रमण , अनेक प्रकारका संका र उप संका ! सरकार मै सहभागी जन मोर्चाका अध्यक्ष एवं उप प्रधानमंत्री चित्र बाहादुर के सी ले भनेको उद्धत गरदै मिडियाले समाचार प्रकाशन गरेका थिए माथिल्लो कर्णाली भारत लाई ओली ले सुम्पिसके सके ! हुन त भित्री रुपमा भारत संग संझौता हरु भएको देखिन्छ ! ओलीको बिरोधाभास बाक्यांश हरु र नाटकिय प्रपंच हरुले पनी यी कुरा हरु सिद्ध गर्दछ ! दुतका रुपमा प्रदिप ग्वाली र बिष्णु पौडेलको भारत भ्रमण र उच्चस्तरिय भेटघाट जनतामा संका हुनु स्वाभिकै हो ! फाल्गुन ७ बाट हुन लागिरहेको प्रधानमंत्री को भारत भ्रमण नेपाल का लागि फलदायक होला जस्तो लाग्दैन ! प्रधानमंत्री ओली भारत संग झुकी सकेका छन ! जम्भो प्रतिनिधी मंडल लिएर भारत भ्रमणमा जान लागेका ओलीले कुनै पनी राष्ट्रघाति संझौता गरेमा नेपाली जनतामा उनको अस्तित्व समाप्त त हुनेनै छ उनी अध्यक्ष रहेको ने क पा एमालेको समेत अस्तित्व समाप्त हुनेमा दुइमत छैन !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.