फुटबल म्याचमै रेफ्रीमाथि गोली प्रहार


matchअर्जेन्टिना, फागुन ५ । अर्जेन्टिनामा एक फुटबल म्याचकै क्रममा रेफ्रीमाथि गोली प्रहार भएको छ । फुटबल खेलाइरहेका ४८ वर्षीय रेफ्री सेसार फ्लोरेसको गोली लागेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
अधिकारीहरुका अनुसार स्थानीय दुई टिमबीच म्याच भइरहेको समयमा उक्त घटना भएको हो । खेलका क्रममा ‘रेड कार्ड’ पाएका एक खेलाडीले ती रेफ्रीमाथि गोली प्रहार गरेका हुन् ।
‘रेड कार्ड पाएर बाहिरिएका ती खेलाडी केहीबेर मै पेस्तोललिएर मैदानमा आए, उनले रेफ्रीमाथि तीन राउण्ड गोली हाने,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
रेफ्रीको टाउको, छाती र घाँटीमा गोली लागेको थियो । सोही घटनामा एक खेलाडी पनि घाइते भएका छन् । गोली लागेर घाइते भएका ती खेलाडीको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
घटनापछि हतियारधारी ती खेलाडी भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।(इमेज खबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.