Daily Archives: 15/02/2016

२३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन, भारत २–१ ले पराजित


Nepal won by 2-1 India. २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन, भारत २–१ ले पराजित. Congratulation Nepali Football player you have done great Job against India !!!

फाल्गुन ३, २०७२- नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ ।गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे ।दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे ।पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो ।पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

साग महिला फुटबल फाइनल : नेपाल पराजित


15022016052452Sports1-1000x0फाल्गुन ३, २०७२- १२ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग ०-४ ले पराजित भएको छ । फाइनलमा पराजित भएपछि महिला फुटबलमा नेपाल रजतमा सिमित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका लागि जुडोकी खत्रीले दिलाइन् दोस्रो स्वर्ण


ध्रुव तुलाधर
Captureजुडोकी फुपुल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी छन्। जारी सागमा नेपालले जितेको यो दोस्रो स्वर्ण पदक हो। पढ्नेक्रम जारी राख्नुहोस्

गगन–गुरु–प्रदिप एक ठाउँ, पार्टी पुनर्निर्माणका लागि हस्तक्षेप गर्न सबैलाई आव्हान


नकुल अर्याल , काठमाडौं ।
Yuwa-Congresनेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरुले पार्टीको आसन्न महाधिवेशनबाट सिद्धान्तको पुर्नव्याख्या र संगठनको पुनर्निर्माणका लागि सकरात्मक हस्तक्षेपको आव्हान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवनमा राखिने


७० सदस्यीय जम्बो टोली भारत जाँदै
PM_KP_Oli_779854791काठमाडौं: भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ ।‘भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ’, पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानले सागमा नियम मिचेको आरोप, स्वर्ण नेपाललार्इ फर्कने सम्भावना


रोशन राउत
Rejin_Karki-Taekwondo_Player_545547364सिलोङ (भारत): १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्रतिस्पर्धात्मक खेलमा गुमाएको एउटा स्वर्ण पदक फिर्ता पाउने सम्भावना बढेको छ । नेपालकी रेजिना कार्की शनिबार भएको महिलातर्फको ४६ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडी यास्मिन मोहम्मद खानसँग ‘गोल्डेन प्वाइन्ट’ का आधारमा पराजित भएपछि रजत पदकमा सीमित भएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा अवैध कामदारकाे पुनः दर्ता अाजदेखि


के–के छन् वैधानिक बन्न पाउने मापदण्ड ?
malesia३ फागुन, काठमाडौं । मलेसियन सरकारले गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिने गरी पुनःदर्ता आज साेमबारदेखि खुला गरेको छ ।‘पुनः रोजगारी तथा स्थानान्तरण (रि-हाइरिङ एण्ड रिलोकेशन इलेगल इमिग्रेन्ट प्रोग्राम) कार्यक्रम’ आजदेखि लागू भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्