नेपाल र नामिबियाबीचकाे खेल जारी, नेपाललाई पाँचाैं सफलता


11022016113013NepalvsNamibia-1000x0माघ २८, २०७२- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अाज नेपालले नामिबियासँग खेल्दै छ । कुहिराेका कारण केही ढिला सुरु हुने भएकाे खेलमा नामिबियाले टस जितेर पहिलाे ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।प्रतियोगिताको महत्त्वको हिसाबमा यो सातौं र आठौं स्थान छुट्याउन खेल्न लागिएको खेल हो । यही खेलले अर्को यू–१९ विश्वकपमा एक एसोसिएट राष्ट्रको छिनोफानो पनि गर्नेछ ।

नेपालले जित हात पारेमा यू–१९ विश्वकपकै उत्कृष्ट स्थान हात पार्नेछ । नेपाल दोस्रोपटक यू–१९ विश्वकपको दोस्रो चरणमा खेलिरहेको हो । सन् २००० मा नेपाल पहिलोपटक दोस्रो चरणमा पुगेको थियो । तर सुपर लिगमा सबै खेल हारेको थियो र आठौं भएको थियो ।

नामिबियामाथि जित हात पारेमा नेपाल सन् २०१८ मा न्युजिल्याण्डमा हुने यू–१९ विश्वकपको आगामी संस्करणलाई पनि छनोट हुनेछ । अघिल्लो साता यूएईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बैठकले बंगलादेशमा भइरहेको यस प्रतियोगिताको शीर्ष एसोसिएट राष्ट्रलाई आगामी संस्करणमा सोझै छनोट गर्ने निर्णय गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.