ईन्द्र भुसाल, कुवेत
०६ फेब्रुअरी २०१६ । मगर समुदायको महान चाड माघेसंक्रान्ति,मगर दिवसको अबसरमा मगर भोजको आयोजनाको साथमा नेपाल मगर संघ कुवेतले आफ्नो दोस्रो अधिवेशन हिजो जिलिबको बेडिङ हलमा सम्पनन्न गरेको छ । मगर जातिको पहिचान , भेषभूषा र आफ्नो सस्क्रितीलाई प्रबाशमा भएपनी जीवन्त राख्दै नेपालको बिभिन्न ठाउँबाट कुवेत आएर रोजगार गरेका मगर समुदायलाई एउटै मालमा बाधेर दु:ख सुखको साथी एबम सामाजिक कार्यमा आग्रसर हुँदै आएको नेपाल मगर संघ कुवेतको दोस्रो अधिवेशनले नयाँ कार्यसमिती निर्बिरोध निर्वाचित गर्दै दोस्रो कार्यकालको लागिपनी फेरी एकपटक कुवेतको नेपाली समाजमा पुराना ब्यक्तित्व एबम समाजसेवी मित्र सिन्जाली मगरलाई अध्यक्षको जिम्मेबारी सुम्पिएको छ ।
निर्धारित समय भन्दा केही ढिला सुरु भएको अधिवेशन समारोह सस्थाका अध्यक्ष मित्र सिन्जाली मगरको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमल रहनु भएको थियो । एन आर एन ए कुवेतका अध्यक्ष अर्जुन तमाङ लगायत नेपाल जनजाती महासंघका पदाधिकारीहरु, बिभिन्न जातिय संघसस्थाका प्रमुख र प्रतिनिधीहरु, अन्लाइन मिडियाका पत्रकारहरु र सामाजिक ब्यक्तित्वहरुको आथीत्यथा रहेको कार्यक्रम राजदुत हमाल, अध्यक्ष मित्र सिन्जाली मगर र अर्जुन तमाङले सयुक्त रुपमा दिप प्रज्वलन गरेर उधघाटन गरेका थिए।
उपस्थित सम्पूर्ण अतिथी र मगर समुदायलाई सस्थाका सचिब सैलेन्द्र थापा मगरले स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने मगर समुदाय र मगर संघ कुवेत लगायत मगर ईतिहाशको ’boutमा प्रथम उपाध्यक्ष मनु भुजेल मगरले आफ्नो धारणा राखेका थिए । मगर संघका महासचिब जय आले मगर र कोषाध्यक्ष बसन्त थापा मगरले सयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा सस्थाको वार्षिक प्रतिबेदन र आयब्य प्रस्तुत गरिएको थियो ।
प्रमुख अथितिकोरुपमा शुभकामना मन्तव्य दिदै राजदुत हमालले नेपाल बिभिन्न जात,धर्म, भाषा,सस्कृती र रीतिरिवाजको साझा फुलवारी भएकोले सबैको आस्थालाई सम्मान गर्दै मिलेर अगाडी बढ्नुपर्नेमा सबै नेपालिहरु लाग्नु पर्ने बताएका थिए। त्यसैगरी उक्त अधिबेशन समारोहमा मगर संघ कुवेतले संघलाई सदैव सहयोग पुर्याउने व्यक्तित्वहरु नवराज पन्थी, शान्ती राई र राम बस्नेत तथा सस्थागतरुपमा सहयोग गर्ने माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमान्डौ कुवेतलाई विशेष सहयोगीको रुपमा सम्मान गरेको थियो । सम्मान कार्यक्रममा मिडिया मार्फत सहयोग पुराउने कुवेतबाट सन्चालित सम्पूर्ण नेपाली ओन्लाइने मिडियाहरुलाई कदरपत्र ले सम्मान गरिएको थियो । कार्यक्रममा तमु समाज कुबेत, तमु प्य्लु संघ कुवेत, तमाङ घेदुङ कुवेतका कलाकार लगायत अन्य सांगेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
ताजा खसीको मासु, चिउरा अचाषर र सेलरोटी सहितको जलपानको राम्रो ब्याबस्थापन गर्दै सस्थाले माघेसक्रान्ती को भोज सबैलाई खुवाएको थियो । कार्यक्रममा बरिस्ठ सल्लाहाकार दिल पुन मगर ,कुमार थापा लुङेली मगरले आफ्नो धारणा राखेका थिए। नब निर्वाचित कार्यसमिती यस प्रकार रहेको छ ।
सल्लाहाकार समिति:-
दिल पुन मगर – बरिष्ट सल्लाहाकार
बम पुलामी मगर – सल्लाहाकार
खिल थापा मगर – सल्लाहाकार
पुष्प पुर्वछाने मगर – सल्लाहाकार
जय आले मगर – सल्लाहाकार
हिरा दर्लामी मगर – सल्लाहाकार
किरण आले मगर – सल्लाहाकार
कुमार थापा लुंगेली मगर – सल्लाहाकार
दिल पुलामी मगर – सल्लाहाकार
कार्यकारीणी समिति:-
अध्यक्ष – मित्र सिंज्याली मगर
उपाध्यक्ष(प्रथम) – मनु भुजेल मगर
उपाध्यक्ष(दित्तिय) – बसन्त थापा मगर
उपाध्यक्ष(तृतिय) – टेक रास्कोटी मगर
उपाध्यक्ष(महिला आरक्षण) – मधु माया मगर
महासचिब – धन थापा मगर
सचिब – शैलेन्द्र थापा मगर
कोषाध्यक्ष – हर्क अर्गेजा मगर
सह-कोषाध्यक्ष – (पद खाली)
कार्यकारिणी सदस्यहरु:- जगत घागा मगर, ऋषि थापा मगर, केदार आले मगर, सोम थापा मगर, सानु राना मगर, राजेन्द्र आले मगर, बेल पाचे मगर, नल बगाले मगर, रेणु सारु मगर, आशा माया मगर, कोपिला दर्लामी मगर र हर्क घर्ती मगर रहेका छन भने सँघले जानकारी दिए अनुसार सदस्यहरु निरन्तर रुपमा आवद्द हुन सक्ने छन ।