राजेन्द्र बिरही , कुवेत,
फेब्रुअरी ४- महामानव बिश्वेश्वर प्रसाद कोईरालाले प्रवासमा रहेका कांग्रेसका कार्यकर्ता र सुभचिन्तकहरूलाई एकिकृत गर्नका लागि सन् १९७६ सालमा नेपाली जनसम्पर्क समिति भारत नाम दिएर कांग्रेस पार्टीको भातृ संगठन खोल्नु भएको थियो। जननायक कोईरालाले प्रवासमा जनसम्पर्क समिति खोल्नुको मुख्य उदेश्य भनेको नेपालमा निरङ्कुश पंचायति ब्यबस्थाका शासकहरूका बिरूद्ध आन्दोलन चर्काएर प्रजातन्त्र देशमा ल्याउनु नै थियो। यसरी नेपाली जनसम्पर्क समिति स्थापना गराए पश्चात उहाँले कांग्रेस पार्टीका कार्यकर्ताहरूलाई एकै ठाउमा जम्मा गर्न सफल भए।
नेपाली जनसम्पर्क समिति स्थापना भएको पनि ४ दशकमा हिड्दै छ। वीपीको सक्रियतामा स्थापना भएको जनसम्पर्क समिति आजको दिन सम्म आई पुग्दा बिश्वका लगभग ३३ राष्ट्रमा स्थापना गर्न सफल भई सकेको छ। लामो ईतिहास बोकेको नेपाली जनसम्पर्क समिति आज बिश्व भरी छरिएर रहेका लाखौ लाख राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्ने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको पार्टी प्रतिको लगाब,माया र आस्थालाई सजीवता तुल्याई राख्नका लागि सफल बन्दै गई रहेको छ। प्रसंग जोडौ नेपाली जनसम्पर्क समिति कुवेतका ’boutमा।
नेपाली कांग्रेस पार्टीको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिहरू मध्य नेपाली जनसम्पर्क समिति कुवेत पनि एक हो। सन् २०११ सालमा राजु खड्काको संयोजकतामा ११ सदसीय तदर्थ समिति गठन भएको थियो। पारीवारीक समस्याले गर्दा राजु खड्का कुवेत छाडी नेपाल गए पछि उक्त तदर्थ समितिलाई सविन राउतले संस्थालाई अगाडी बढाउने सोच लिएर उनकै अध्यक्षतामा तदर्थ समितिलाई कार्य समितिमा लैजानका लागि प्रथम अधिवेशनको तयारीमा लागिपरे ।उनकै अध्यक्षतामा नेपालबाट आउनु भएका प्रमुख अतिथि नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल,बिशेष अतिथि नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशी साथै अतिथि क्षेत्रिय नेता लक्ष्मी आचार्यको उपस्थितिमा मिति २०१४/५/२ तारिकका दिन भब्यताका साथ सविन राउतको सभापतित्वमा सम्पन्न भयो। उक्त अधिवेशनले सभापतिमा दिनेश परियारलाई निर्बिरोध चयन गर्यो। दिनेश परियारको सभापतित्वमा २७ जनाको बिशाल कार्य समिति गठन भयो।
यसरी नेपाली जनसम्पर्क समिति कुवेत स्थापना हुनु भनेको कुवेतमा कार्यरत राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नु हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूका लागि गौरवको बिषय पनि हो।किनकी यसरी संस्था स्थापना हुदाँ पार्टी प्रति आस्था भएकाहरूको आस्थालाई सजीवता तुल्याई राख्ने छ। नेपाली जनसम्पर्क समिति कुवेतले कुवेतमा कार्यरत रहेकाहरू बीच समन्वय गरी पार्टीलाई कसरी बिदेशी भुमिबाट टेवा पुरयाउन सकिन्छ भनेर पनि बिबिध कार्यक्रमहरू गर्दै आई रहेको छ। बीपी जयन्तिको अबसरमा खेलकुद सम्बन्धि भलिबल प्रतियोगिताहरू पनि भई रहेको छ। यसो गर्नुको उदेश्य भनेको यूवा शक्तिलाई एक आपसमा समेट्ने कोशीश पनि हो।यूवा शक्ति नै देशको खम्वा हो भन्ने धारणा लिएको जनसम्पर्क समितिले त्यहि अनरूप कार्यक्रमहरू आयोजना गर्दै आई रहेको छ।
नेपाली जनसम्पर्क समिति कुवेतले कुवेतमा कार्यरत रहेका नेपाली कांग्रेसका सदस्यहरूलाई कृयाशील सदस्यता पनि बितरण गरी रहेको छ। नेपालमा दैविक प्रकोप र प्राकृतिक प्रकोप आउदा पनि कुवेतमा कार्यरत रहेका नेपालीहरू र बिभिन्न संघ संस्थाहरूसंग समन्वय गरी रकम संकलन गरेर पीडितहरू सामु सहयोग पुरयाउदै आएको छ।जस्तै २०७२ साल बैशाखमा गएको आम बिनाशकारी भुकम्पमा परी पीडित बनेकाहरूलाई राहत रकम संकलन गरी पठाउने काम गरेको थियो। त्यस्तै कुवेतमा कार्यरत रहेका नेपालीहरूको समस्याहरू बुझेर समाधान पनि गर्दै आई रहेको छ। नेपाली जनसम्पर्क समिति कुवेतले कुवेतमा स्थापना भएका बिभिन्न पार्टीका भातृ संगठनहरू र गैर आवाशीय नेपाली संघ कुवेतसंग समन्वय गरी अगाडी बढी रहेको छ।
नेपाली जनसम्पर्क समिति कुवेतको दोस्रो अधिवेशन हुने समय पनि नजिकिदै गई रहेको छ अब दोस्रो अधिबेशनमा कस कसलाई चयन गर्ने भन्ने ’bout पनि बृहत रूपमा छलफल भई रहेको छ। आउँदा दिनमा पनि नेपाली जनसम्पर्क समिति कुवेतले सक्षम नेतृत्व पाउनेमा कार्य समितिका पदाधिकारीहरू ढुक्क छन। किनकी संस्थामा जसले योगदान दियो त्यस्ता व्यक्तिको योगदानलाई कदर गरेर अगाडी बढाउनु पर्छ भन्ने मान्यता राख्दछ।
जय नेपाल ।