केदार नाथ खरेल
2016 फेब्रुअरी 2 कुवैत, रमजान महिनामा IPC कुवैतद्वारा विभिन्न देश तथा विभिन्न भाषामा लिएको लिखित परिक्षाको नतिजा आज प्रकाशित गरेको छ। 2015 अगष्ट 25 मा नतिजा प्रकाशित गरी पुरस्कार बितरण गर्नु पर्ने उल्लेखित नियमानुसार विविध कारणवस ढिलाई हुन गएकोमा ipc कुवैत तपाईहरु सम्पूर्ण सहभागी परिक्षार्थिहरुसँग क्षमा चाहन्छ । आगमी वर्षमा यथासक्य छिट्टै नतिजा प्रकाशित गरी पुरस्कार वितरण गरिनेछ।
रोजगारीको लागि कुवैतमा आएका विभिन्न देशका गैर मुस्लिम नागरिकहरुलाई इस्लाम धर्मको ’boutमा सामान्य जानकारी गराउने उदेश्यले यो परिक्षा लिएको हो। यो परिक्षामा भाग लिनेहरुमा नेपाली, हिन्दी, तेलगु, तामिल, मलयालम, फिलिपिनी, सिन्हाली, चाइना गरी आठ भाषाका परिक्षार्थी थिए ।
यो रमजान प्रतियोगिताको नियम धेरै सरल र सहज छ किनकि इच्छुक परिक्षार्थिलाई प्रश्न पत्र र किताब समेत साथमा दिइन्छ र एक महिना भित्र उक्त किताब पढेर उत्तर त्यही प्रश्न-पत्रमा लेखेर नजिकमा रहेको IPC अफिसमा बुझाउन सकिंन्छ ।
विगत 2007 देखि नै यसरी परिक्षा लिन शुरु गरेको थियो। यो प्रतियोगिता वर्षेनी लिइन्छ र हालसम्म 54 जना नेपालीहरुले पुरस्कार हात पारेका छन् । ती मध्ये 27 जना पुरुष तथा 27 जना महिला छन् । परिक्षामा भाग लिने परिक्षार्थिहरु धेरै थिए । ती परिक्षार्थिहरु मध्ये समान नम्बर ल्याउने धेरै परिक्षार्थिहरु भएमा गोलाप्रथा द्वारा विजेता छनौट गरिंन्छ । यो वर्ष पनि समान अंक ल्याउने धेरै परिक्षार्थी भएको हुनाले गोला प्रथाद्वारा विजेता छनौट गरेको थियो । दुई हजार प्रश्न-पत्रहरु छपाई गरिएको थियो तर सो प्रश्न-प्रत्र कुवैतको हरेक शाखाहरुमा बितरण गरिएको थियो ती मध्ये शाखाबाट हामीलाई प्राप्त भएको उत्तर पत्रहरु भने अपेक्षित रुपमा कमै थियो तर कुवैत सिटी हेड अफिसबाट वितरण गरिएको मध्ये 75% प्रतिशत उत्तर-पत्रहरु प्राप्त भएको थियो । यो प्रतियोगिकताको नियमानुसार 75 % उत्तर मिलाउने व्याक्तिहरुलाई मात्र पास गरिएको थियो भने 75 % भन्दा कम अंक ल्याउने परिक्षार्थि फेल भएको ठहरिन्छ। तीनै 75 % प्रतिशत अंक ल्याउने परिक्षार्थिहरु मध्येबाट गोला-प्रथाद्वारा विजेता छनौट गरिएको थियो ।
2015 मा लिएको रमजान प्रतियोगितामा पुरूष तर्फ विजेता हुनेहरु सुसन गौतम प्रथम, दिप लाल आचार्य द्वितिय, र आनन्द आचार्य तृतिय भएका छन् भने महिलातर्फ विजेता हुनेहरुमा सिर्जना पौडेल प्रथम, सर्मिला गौतम द्वितिय र माया न्यौपाने तृतिय भएका छन् ।
विजेताहरुलाई प्रथम द्वितिय र तृतिय हुनेहरुलाई क्रमश 60, 50 र 40 कुवैती दिनार र साथमा सम्मान-पत्र समेत प्रदान गरिनेछ । विगत वर्षहरुमा केवल पुरस्कार मात्र वितरण गरिन्थ्यो भने यो वर्ष सम्मान-पत्र समेत प्रदान गरिने छ ।
IPC कुवैतद्वारा विजेताहरु सबैलाई वधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छ र आगमि वर्षहरुमा यो भन्दा धेरै संख्यामा सहभागि हुनका लागि हार्दिक निमन्त्रणा गर्दछ।