मधेस उराल्दै बिहारी नेता


मिथिलेश यादव
8eb5c976b8ff58f389a9e21f62ff8394_Lपटना (भारत)- ‘नेपालमा मधेसीमाथि दोस्रो दर्जाको नागरिकसरह व्यवहार भइरहेको छ, नयाँ संविधानमा समेत मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले बिहारका सहरमा आयोजना भइरहेका नेपालको मधेस’bout गरेका भाषणका केही अंश हुन् यी।
असमानता र विभेद रहेसम्म मधेसमा लडाइँ चलिरहन्छ। मधेसीको लडाइँलाई आफूले साथ दिइरहने सिंहले बताउँदै आएका छन्। ‘मधेस नेपालको मामिला हो, तपाईंहरूले किन हस्तक्षेप गर्नुपर्योा भन्ने पत्रकार जिज्ञासामा सिंहको तर्क छ, ‘हाम्रा २४ लाख छोरीचेलीको विवाह मधेसमा भएको छ। मधेसीको रगत बग्दा हाम्रो मन र मुटु दुख्छ। कारण, नाता–कुटुम्बको सम्बन्ध छ,’ उनले भने। मधेससँग भावनात्मक सम्बन्ध मात्र नभई अन्य थुप्रै सम्बन्धका कारण मधेस दुख्दा आफूहरूको मन दुख्ने सिंहको भनाइ छ।
‘हामी भारत सरकारजस्तो मधेस आन्दोलनको हकमा बेखबर रहन सक्दैनौं। दिल्ली र काठमाडौंको हवाई सम्बन्ध छ। मधेससँग हाम्रो जमिन जोडिएको छ। नाता–कुटुम्ब, सांस्कृतिक, बिहेबारीजस्ता सम्बन्ध छन्। मधेसीको दुःख’bout हामी बेखबर बस्ने सवालै आउँदैन,’ सिंह थप्छन्, ‘हामीले कुनै हस्तक्षेप गरेका छैनौं। अधिकारविहीनको पक्षमा समर्थन गरिरहेका छांै।’
उनले मधेसीले अधिकार नपाएसम्म साथ दिइरहने प्रस्ट पारे।

‘महागठबन्धन’ मा जोड

पहिचानवादी मुद्दामा संघर्ष गरिरहेकाबीच कार्यगत एकतामार्फत महागठबन्धन बनाउनुपर्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको धारणालाई भारत, बिहारका नेताले पनि जोडले उठाइरहेका छन्। अलग–अलग मोर्चामा रहँदा मधेसको शक्ति विभाजित भएको भन्दै राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंश सिंहले मोर्चालाई महागठबन्धनको रूप दिन आग्रह गरे।

‘मिडिया फर बोर्डर हार्मोनी’ ले आइतबार मुझपरपुरमा आयोजित मधेस बहसमा भाग लिन आएका तीनै दलका शीर्ष नेतालाई राखेर सिंहले मधेस आन्दोलनमा रहेका अन्य मोर्चा र दललाई मिलाएर ‘महागठबन्धन’ बनाउन आग्रह गरे। उनले यसपालिको बिहार विधानसभा चुनावको उदाहरण दिँदै भने, ‘महागठबन्धन गर्दा नागरिकमा हौसला बढ्यो जसले नतिजा फेरिदियो। तपाईंहरू पनि मिल्नुस्, जनमत तपाईंहरूकै पक्षमा हुन्छ।’

भारतीय नेतासँग मधेसी नेताले के भने?

मधेसी मोर्चाका नेताले संविधान संशोधनमार्फत पनि आफूहरूको माग पूरा नभएको बताए। मधेसी मोर्चाका शीर्ष नेताले प्रमुख तीन दलले मधेसका माग वास्तै नगरेको बिहारका सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष सिंहसँग गुनासो गरे।

‘सरकारले माग सम्बोधन नगरी मधेसीलाई पेलेर अगाडि बढ्ने कसम खाएजस्तो देखिन्छ,’ एक मधेसी नेताले सिंहसमक्ष भनेका थिए। सद्भावना पार्टीका अध्यक्षले आफूहरूले एउटा पनि नयाँ माग नराखेको भन्दै सरकारले मधेसी मोर्चासँग गरेको २२ र ८ बुँदे सम्झौता पालना गरिदिए झगडै सकिने बताएका थिए।

मधेसमा आन्दोलन जारी रहनुमा मधेसीसँग सरकारले गरेको सम्झौता पालना नगर्नु नै कारक रहेको मधेसी नेताले भारतीय नेतालाई ‘बिफ्रिङ’ गरेका थिए।

मधेसमा जारी आन्दोलनमा आन्तर्राष्ट्रिय समुदायको सहानुभूति भएको भन्दै संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्› यादवले भारतीय नेतासमक्ष मधेसका माग सम्बोधननिम्ति दबाब सिर्जना गरिदिने आग्रह गरेका थिए।

सद्भावना अध्यक्ष महतोले सरकारले मधेसलाई अवसर र विकास दुवैबाट वञ्चित गर्दै आएको विचार भारतीय नेतासमक्ष राखेका थिए।

‘भारतले मध्यस्थता गर्नुपर्छ’

भारतका अधिकांश नेताले नेपालको मधेस समस्या समाधाननिम्ति भारतको हस्तक्षेप आवश्यक रहेको औंल्याएका थिए। ‘६ महिनादेखि मधेसमा आन्दोलन चलिरहेको छ तर सरकारले कुनै सुनुवाइ गरेको छैन,’ नेता सिंहले भने, ‘भारत सरकारले निकास खोज्न निष्पक्ष भएर मध्यस्थ भूमिका खेल्नुपर्छ।’

आन्दोलन कमजोर पार्न मात्र संविधान संशोधन गरेजस्तो गरिएको उनको जिकिर थियो।(नागरिक न्युज )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.