किन नारीको सम्मान छैन !!
®®®®®
यो कस्तो सस्कारको शहर, किन नारीको सम्मान छैन
स्वार्थी किन यो पुरुषको रहर, किन नारीको सम्मान छैन
®®®®®
बोलीमा सिमीत जिउने अधिकार नै खोसी दिदै उस्को
व्यबहारमा तिरस्कारको प्रहर, किन नारीको सम्मान छैन
®®®®®
धर्म ग्रन्थ, बेदहरु पुकार्दै देखाबटी कस्तो हाम्रो समाज
त्यो चोख्याउने जलको नहर, किन नारीको सम्मान छैन
®®®®®
कुरीति र कुसंस्कारको जरा गोड्छौ मिलेर हामी अनी
बाध्यता हुन्छ् उ पिउन जहर, किन नारीको सम्मान छैन
®®®®®
हासी खुशी जिउने नारीको सम्मान हक अधिकार भन्दै
आउने छ परिबर्तनको लहर, किन नारीको सम्मान छैन
®®®®®
डम्बर जङ मल्ल (आसु)
लम्जुङ कुन्छा १ देउराली