बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको गोल संख्या एक हजार पुगेको छ।
बार्सिलोनाका स्ट्राइकर मेस्सीले शनिबार राति ला लिगामा एथ्लेटिको मड्रिड विरुद्ध गरेको गोलपछि मेस्सी र रोनाल्डो दुवैले क्लब तथा राष्ट्रका लागि गरेको गोल जोड्दा एक हजार पुगेको छ। मेस्सीले बार्सिलोनाका लागि चार सय ३३ तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि ४९ गरी अहिलेसम्म क्लब र राष्ट्रका लागि चार सय ८२ गोलगरेका छन्।
रोनाल्डोले रियल मड्रिड, म्यानचेस्टर युनाइटेड र स्पोर्टिङ लिस्बोनका लागि गरी चार सय ६३ तथा पोर्चुगलको राष्ट्रिय टिमका लागि ५५ गोल गरेका छन् । रोनाल्डाले क्लब तर्फ गरेको चार सय ६३ गोलमा रियल मड्रिडका लागि गरेको तीन सय ४०, म्यानचेस्टर युनाइटेडका लागि गरेको एक सय १८ तथा लिस्बोनका लागि पाँच गोल समावेश छ।
उनले अहिलेसम्म क्लब र राष्ट्रका लागि गरी पाँच सय १८ गोल गरेका छन्। यसरी रोनाल्डोको पाँच सय १८ तथा मेस्सीको चार सय ८२ गोल जोड्दा दुबैको गोल संख्या एक हजार पुगेको हो । रियल मड्रिडले आइतबार राति ला लिगा अन्तर्गत स्पानियोलसँग खेल्दैछ। एजेन्सी